sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङमा आगालागीबाट घर जल्दा १० लाख क्षति

खोटाङ मंसिर–२५, खोटाङको खोटेहाङ गाउँपालिका ८ स्थित सिम्पानीमा आगलागीबाट दुई घर जल्दा १० लाख बराबरको क्षति भएको छ । स्थानीय सिताराम राईको घरमा अचानक आगलागी हुँदा राईको ढुंङगा माटोले बनेको १ तले घर, घर भित्र रहेको लत्ताकपडा, आधा तोला सुन, १ लाख रुपैँया नगद जलेर नष्ट हुँदा अन्दाजी ६ लाख बराबरको क्षति भएको हो । सोही आगलागीबाट छिमेकी रबिन राईको टिनको छानो भएको १ तले घर तथा घर भित्र
रहेका सम्पूर्ण एउट चौपाया र सम्पूर्ण सर(सामान जलेर नष्ट हुँदा अन्दाजी ४ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
उक्त आगलागी प्रहरी चौकी सिमपानी र स्थानिय मानिसहरुको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको उक्त कार्यालयले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post