sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » सामी अन्तर्गतको कार्यक्रमले समुदाय सकरात्मक

लिला निरौला/खोटाङ
पुष–२, बालसेवा समाज नेपाल नेर्पा खोटाङ र नवकिरण सेवा समाज दुर्छिमले जिल्लामा सञ्चालन गरिरहेको सुरक्षित आप्रवासन परियोजना सामी अन्र्तगतका कार्यक्रमहरुको अनुगमन गरिएको छ । सामीले अन्तराष्ट्रिय आप्रवासन दिवस आउँदै गर्दा आफुले जिल्लामा सञ्चालन गरिरहेको वितिय साक्षरता कक्षा र मनोसामाजिक परामर्श कार्यक्रमको अनुगमन गरेको हो । 
वैदेशिक रोजगारबाट आएको रेमिट्यान्सलाई सही ठाऊँमा सदुपयोग गर्न, फजुल खर्च घटाउन तथा व्यावसायीक बन्नका लागि सन्देश दिने उदेश्यका साथ रुपाकोट मझुवागढी नगरपालिका १ र ५ बीच छार्कामा सञ्चालन गरिएको बित्तिय साक्षरता कक्षाको शनिबार अनुगमन गरिएको हो । अनुगमनका क्रममा बित्तिय साक्षरता कक्षामा सहभागी बनेकाहरुले बिप्रेषणलाई बचत गर्ने बानीको बिकाुस गरेको पाईएको अनुगमनमा सहभागी पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राईले बताउनुभएको छ । यस्तै, सोही कक्षका प्रभावले गर्दा रेमिट्यान्सलाई उद्योगजन्य ब्यवसायमा लगानी गर्न थालेको बताईएको छ । 
सोही दिन मनोसामाजिक परामर्श कार्यक्रमअन्र्तगतको प्रभाबकारिताको समेत अनुगमन गरिएको छ ।   रुपाकोट मझुवागढी नगरपालिका–१ दितmेलबारीमा सञ्चालित मनोपरामर्श लिनका लागि वैदेशिक रोजगारमा संलग्न रहेका परिवारका महिला सदस्यहरु जमने गरेका छन् । यो समुहमा छलफलको मुख्य लक्ष्य भनेको वैदेशिक रोजगारीकै कारण व्यक्ति तथा समुदायमा परेका विभिन्न समस्याहरुलाई कसरी कम गर्न सकिन्छ वा रोकथाम गर्न सकिन्छ भन्ने बारेमा समुहमा छलफल गरेर सकरात्मक निश्कर्ष निकाल्ने हो । यस्तो परामर्श लिएपछि वैदेशिक रोजगारीमा संलग्न परिवारमा सकरात्मक सोँचको बिकास भएको पाईएको अनुगमनकर्ताहरुको भनाई छ । परामर्शका कारण एकले अर्काको कुरा काट्ने, परिवारमा झैझगडा गर्ने जस्ता कुरामा कमी आएको पाईएको जनाईएको छ । 
अनुगमन कार्यक्रममा जिल्ला स्थित परियोेजना समन्वय समितिका पदाधिकारी, पत्रकार महासंघका अध्यक्ष, परियोजनाका जिल्ला संयोजक तथा दुवै साझेदार संस्थाका पदाधिकारी संलग्न रहनुभएको थियो । 
यसैबीच ‘सुरक्षित व्यवस्थित र मर्यादित  वैदेशिक रोजगार हाम्रो सरोकार ।’ भन्ने मुल नाराका साथ डिसेम्बर–१८  अन्र्तराष्ट्रिय आप्रवाशन दिवसको अवसरमा खोटाङमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।   वैदेशिक रोजगारको सिलसिलामा ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलन , वैदेशिक रोजगारको कारणले अति जोखिममा परेका परिवारलाई उद्यम विकासका लागि सहजीकरण तथा आर्थिक सहयोग गरिनुका साथै अन्र्तक्रिया कार्यक्रमको समेत तयारी गरिएको छ ।  यसबीचमा जनचेतना मुलक गन्धर्व गीत प्रस्तुत गरिने छ । 


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post