sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » केपिलासगढीका १६ प्रतिभा खोटाङ आईडलको दोश्रो चरणमा

खोटाङ पुस–६, गाउँगाउँमा लुकेर रहेका गायन प्रतिभाको पहिचान गर्दै अवसर प्रदान गर्ने उदेश्यका साथ शुरु गरिएको गायन प्रतियोगिता खोटाङ आईडलका लागि बाक्सिला केन्द्रमा गरिएको अडिसनबाट १६ जना प्रतिभा छनौट गरिएको छ ।  केपिलासगढी गाउँपालिकास्थित बाकिसलाबजारमा सम्पन्न पहिलो चरणको अडिसनमा सहभागी बनेका ५० जना प्रतियोगीमध्येबाट अबि राई, बर्षा राई, बिकास राई, बिना राई, दावा शेर्पा, ईजु राई छानिएका हुन् ।
परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिकाको आयोजनामा शुरु गरिएको प्रतियोगितामा सोही केन्द्रबाट जोन राई, मणि राई, निरज राई, मणि तामाङ, सन्तोष राई, शुभराज राई, सुमन राई, रोमन राई, प्रकाश नाछिरीङ र पर्बत राई समेत छनौटमा परेका हुन् । पृथ्बी उच्च माबिमा हालै सम्पन्न अडिसनका लागि न्यु स्टाईल रमेश टेलरिङ सेन्टरले सहआयोजकको भूमिका निर्बाह गरेका थिए ।
गत मंसिर २३ गते साकेला गाउँपािलकाको रतन्छाबाट शुरु भएको पहिलो चरणको अडिसनमा यसअघि नै ४५ जना प्रतिभा छनौट भईसकेका छन् । पहिलो अडिसन राउण्डमा साकेला गाउँपालिकाको रतन्छाबाट १० जना, दिप्रुङ गाउँपालिकाको पञ्चमीबजारबाट ११, खोटेहाङ गाउँपालिकाको खोटाङबजारदेखी १६ जना र जन्तेढुंगा गाउँपालिकाको चिसापानी बजारदेखी ८ जनालाई छानिएको आयोजक जीबनकुमार राईले जानकारी दिनुभयो ।  
राईका अनुसार ८ गते ऐसेलुखर्क गाउँपालिकास्थित ऐसेलुखर्कबजार र १० गते लामिडाडाँ गाउँपालिका खार्पामा पहिलो चरणको अडिसन गर्ने तयारी छ । यस्तै, पौष–१२ गते हलेसी तुवाचुङ नगरपालिका हलेसी, १४ गते रुपाकोट मझुवागढी नगरपालिका बुइपास्थित पञ्चरदोबाटो र १७ गते नगरपालिकाको दिक्तेलबजारमा पहिलो चरणको अडिसन सम्पन्न गर्ने तयारी गरिएको छ । 
प्रतियोगिताका विजेतामध्ये प्रथमले ५४ हजार ५ सय ७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५ सय ७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्राले १० हजार ५ सय ७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्ने अवसर प्राप्त गर्ने छन् । वेष्ट भोकल एकजनाले २ हजार ५ सय ७४ नगदका साथमा प्रमाणपत्रको समेत ब्यवस्था गरिएको छ ।














यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post