sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » सडक पेटीमा राखेका सामान नियन्त्रणमा

खोटाङ, पुस 
खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले सडक पेटीमा राखेका सामान नियन्त्रणमा लिएको छ । नगरको स्वच्छताका लागि पुस ५ गतेदेखि सरसफाई सप्ताह थालेको नगरपालिकाले दिक्तेलबजारका सडक पेटीमा राखिएका एक ट्याक्टर सामान नियन्त्रणमा लिएको हो । नगरपालिकाको आग्रह बेवास्ता गर्दै सडक पेटीबाट बिक्रीका सामान नहटाउने व्यवसायीको सामान प्रहरीको सहयोगमा पहिलोपल्ट उठाइएको मेयर दिपनारायण रिजालले बताउनुभयो । सडक पेटीबाट चटपटे बनाउने सामानदेखि कपडासम्म नियन्त्रणमा लिएको नगरपालिकाले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post