sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङमा बाम गठबन्धनको बिशाल बिजय जुलुस


खोटाङ मंसिर–२४, प्रदेश तथा प्रतिनिधिसभा सदस्य दुवै निर्बाचनमा बिजयी बनेको बाम गठबन्धन खोटाङले बिशाल बिजय जुलुस निकालेको छ । शनिबार सम्पन्न मत गणनाबाट प्रत्यक्षतर्फको प्रतिनिधि तथा प्रदेश सभा सबैमा बिजय प्राप्त गरेको गठबन्धनले सदरमुकाम दिक्तेलबजारमा आइृतबार दिउासो बिशाल बिजय जुलुस निकालेको हो । 
वाम गठबन्धन (एमाले)का उम्मेद्वार बिशाल भट्टराई, प्रदेशसभा (क) मा एमालेका उम्मेद्वार राजन राई र प्रदेशसभा (ख) मा माओबादी केन्द्रका उम्मेद्वार रामकुमार राई विजयी हुनुभए पछि संयुक्त रुपमा आयोजना गरेको जुलुसमा हज्जारौंको सहभागिता रहेको थियो । सदरमुकाम परिक्रमा गरेको गठबन्धनका नेता, कार्यकर्ता तथा शुभचिन्तकको बिशाल जुलुसमा बजारबासीले बिजयी उम्मेदवारहरुलाई खदा, अबिर तथा फूलमालाले स्वागत गरेका थिए । 
प्रतिनिधिसभा सदस्यमा कांग्रेसकी उम्मेद्वार सरस्वती बजिमयलाई १३ हजार ७ सय ६५ मतले पछि पार्दै वाम गठबन्धनका साझा उम्मेद्वार भट्टराई बिजयी हुनुभएको हो । भट्टराईले ३५ हजार ३ सय ७७ मत र बजिमयले २१ हजार ६ सय १२ मत पाउनुभएको छ । यस्तै, वाम गठबन्धनका उम्मेद्वार राजन १८ हजार ९ सय ३३ मत ल्याएर प्रदेशसभा सदस्यमा बिजयी हुनु भएको हो । निकटतम प्रतिद्वन्द्धी कांग्रेसका उम्मेद्वार सुवासकुमार पोखरेलले १३ हजार ४ सय ११ मत पाउनु भएको छ । 

प्रदेशसभा (ख)मा वाम गठबन्धनका रामकुमारले १८ हजार ३ सय ७२ मत ल्याउँदा कांग्रेसका उम्मेद्वार बिष्णुकुमारले १२ हजार २ सय ३९ मत पाउनु भएको मूख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल मतदाता १ लाख २५ हजार १ सय ८ रहेको खोटाङमा ७१ हजार ३ सय ११ मत खसेको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post