sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » ‘ज्ञान, अनुभब लिन पाईयो, अनुशाशित-कर्तब्यनिष्ठ भूमिका निभाईयो यसैमा गर्ब छ’: खोटाङको म्यादी प्रहरी

खोटाङ पुस–८, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका क्रममा खटिएर बिदाई भएका खोटाङका म्यादी प्रहरीहरु आफुले पाएको ज्ञान, सीप तथा अनुभब नै अमुल्य भएको बताउँछन् । मंसिर १० र २१ गतेको निर्वाचन सुरक्षार्थ भर्ना भएर छोटै समय भए पनि नागरिकको सुरक्षामा खट्दै निर्वाचन सफल पार्नमा जिम्मेवारीपूर्ण भूमिका निर्बाह गर्न पाएकोमा गर्ब लागेको म्यादी प्रहरीहरुकोे भनाई छ । 
म्यादी प्रहरीले कार्यअवधीभरमा नेपाल प्रहरीको काम, कर्तब्य, अनुशासनबारे बुझ्न पाएको, धेरै साथीहरुसँग भेटघाट तथा चिनजान गर्न पाएको र प्रहरीको अनुभब बटुल्न पाएकोमा आफुहरु अत्यन्तै खुशी साथ घर फर्कन लागेको सुनाउँछन् ।  
करिब २ महिना खटिएर शुक्रबार बिदाई भएका म्यादी प्रहरीले सरकारबाट प्राप्त गरेको जम्मा ५२ हजार रुपैंयाँ रकम महंगी तथा भौगोलिक बिकटताका कारण बचाउन नसकेको बताएका छन् । बचेको रकमलाई प्रायजसो सबै मयादी प्रहरीले आफ्नो तथा बालबच्चाको अध्ययनमा खर्च गर्ने जनाउँछन् । 
 जिल्लाका म्यादी प्रहरीहरुलाई प्रदान गरिएको जिम्मेवारी कर्तब्यनिष्ठ, ईमान्दार तथा  अनुशासित ढंगले निर्बाह गरेकाले नै शान्त बातावरणमा उल्लासमय ढंगबाट निर्वाचन सम्पन्न गराउन सकिएको जिल्ला प्रहरी कार्यालय खोटाङको प्रमुख लोकदर्शन थापाले बताउनुभयो । म्यादी प्रहरीहरु अनुभव र जिम्मेवारीबोध सहित घर फर्किएको बताउनुहुने डीएसपी थापाका अनुसार अधिकांश म्यादी प्रहरीहरुले नेपाल प्रहरी भई देशको सुरक्षामा खट्ने मनसाय देखाएका छन् ।
१ सय ३६ मतदान स्थलको १ सय ७९ मतदान केन्द्रमा खटिएका ९ सय ८२ म्यादी प्रहरीलाई प्रमाणपत्र सहित  बिदाई गरिएको हो । 
कार्तिक ७ गतेदेखि दुई महिनाका लागि म्यादी प्रहरीले नियुक्ती पाएका थिए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post