sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » रुपाकोट रेडियो अपलिङ्क प्रबिधिमार्फत प्रशारण शुरु

मंसिर–१८, खोटाङ जिल्लाकै पहिलो रुपाकोट सामुदायिक रेडियोले सदरमुकाम दिक्तेलबजार स्थित अपलिङ्क स्टुडियोबाट परीक्षण पश्चात नियमित प्रशारण शुरु गरेको छ । रुपाकोट सूचना तथा सञ्चार। सहकारीद्वारा २०६४ सालदेखि सञ्चालित रेडियो केही बर्षदेखि आंशिक रुपमा दिक्तेलबजारबाट अपलिङ्क प्रबिधिबाट प्रशारण हुँदै आएकोमा मंगलबारबाट नियमित प्रशारण शुरु गरेको हो । 
यसअघि मुढेस्थित आफ्नै स्टेशन भवनबाट प्रशारण भईरहेको रुपाकोट रेडियोलाई दक्षिण एसियाकै सबै भन्दा बढी शेयर सदस्य रहेको रेडियोको रुपमा स्थापित छ । ५ सय वाट क्षमताको रेडियोमा ४ हजार बढी जिल्लाबासीको शेयर रहेको स्टेशन मेनेजर सुर्य तामाङको भनाई छ । दैनिक ११ घण्टा प्रशारणको ईजाजत लिएर सञ्चालनमा रहेको रेडियो ९६ थोप्लो ६ मेगाहर्जबाट सुन्न सकिन्छ । अब नियमित रुपमा रेडियोबाट कार्यक्रम तथा समाचार प्रशारण गरिने जनाईएको छ । रेडियो प्रबिधि तथा श्रोताका माग अनुरुप थप ब्यवस्थापनसँगै अनलाईन संस्करणको समेत अन्तिम चरणमा रहेको मेनेजर तामाङको भनाई छ । 


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post