sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » पहाडी जिल्ला खोटाङको सबै स्थानीय तहसम्म यातायात सेवा

खोटाङ  पुस–७,  दुई नगर र ८ गाउँपालिका रहेको पुर्बी पहाडी जिल्ला खोटाङको सबै स्थानीय तहमा यातायातको सुबिधा पु¥याईएको छ । गत वर्षसम्म सदरमुकाम दिक्तेलबाट सिमित ठाउँमा मात्र यातायात सेवा सञ्चालन हुँदै आएको जिल्लामा यस वर्षबाट सबै स्थानीय तहमा यातायात सञ्चालन गरिएको यातायात व्यवसायी संघ खोटाङका महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभयो ।
यसअघि सडक निर्माण भए पनि यातायात सञ्चालन नभएकोमा यात्रुको समस्यालाई ध्यानमा राखेर यस वर्षबाट सबै स्थानीय तहसँग जोडिएको सडकमा यातायात सेवा सञ्चालनमा ल्याइएको हिङमाङको भनाई छ । 
सबै स्थानीय तहबाट सदरमुकाम दिक्तेलसम्म सिधा यातायात शुरु भएपछि दुर्गम क्षेत्रका स्थानीयवासी समेत एकै दिनमा घरबाट हिँडेर पुनः घरै फर्कन थालेका छन् । यातायात सेवा नहुँदा यसअघि जिल्लाको उत्तरी र दक्षिणी क्षेत्रका स्थानीयवासी तीन दिनसम्मको पैदल यात्रापछि सदरमुकाम आउने गरेका थिए । 
जिल्लाको प्रमुख मार्ग जयरामघाटमा पक्की पुल बनेपछि उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिकाबाट काठमाडौं, कटारी लगायतका शहरमा समेत सिधा यातायात शुरु गरिएको बताईएको छ ।  गत मंसिर ८ गतेबाट दूधकोसीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल सञ्चालनमा आएपछि खोटाङ राजधानी काठमाडौं लगायतका जिल्लासँग सिधा सडक सञ्जालमा जोडिएको हो ।
जिल्लाकै प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारदेखि गत मङ्सिर १९ गतेबाट छिमेकी जिल्ला भोजपुरसम्म सिधा यातायात सेवा सुचारु गरिएको छ । अर्को छिमेकी जिल्ला भएर तराईका अन्य जिल्ला जोड्ने फोक्सिङटारस्थित सुनकोसीमा निर्माणाधीन अस्थायी बेलिब्रिज जडान सकिए लगत्तै दिक्तेल–गाईघाट सडक पनि सञ्चालनमा ल्याउने तयारी गरिएको यातायात व्यवसायी सङ्घले जनाएको छ ।
२०६४ सालबाट यातायात सेवा शुरु भएको जिल्लामा अहिले साना ठूला गरी करिब २ सय को हाराहारीमा सवारी साधन सञ्चालनमा रहेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post