sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङको पाँच महिला स्वास्थ्य स्वयंसेबिका सम्मानित

खोटाङ मंसिर–१९, उत्कृष्ट सेवा प्रदान गर्ने खोटाङका पाँच महिला स्वास्थ्य स्वयंसेबिका सम्मानित भएका छन् । चौधौं महिला स्वास्थ्य स्वयंसेबिका दिवसको अवशर पारेर रुपाकोट मझुवागढी नगरपालिकाभित्रका उत्कृष्ट पाँच महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको हो । 
जिल्ला स्वास्थ्य कार्यालयले रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी मेनुका आचार्य, रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी चन्द्रकला राई, रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी शोभा राई, रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी ढाका खत्री र रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी दुर्गालाई नगद सहित सम्मान गरेको हो । 
उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकालाई रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, जिल्ला अस्पतालका प्रमुख डा. रामबहादुर केसी, नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राईले जनही एक हजारका साथमा सम्मान–पत्र प्रदान गरे । दिवसका अवशरमा दिक्तेलमा महिला स्वास्थ्य स्वयंसेबिकाले ¥याली निकालेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post