sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङका १६ ‘प्वाईन्ट अफ सेल्समेन’ लाई एनसेलको उपहार

                                                                                                                               तस्बिर : चिसाङ शेर्पा
खोटाङ पौष–७, नीजि कम्पनी एनसेलले खोटाङका आफ्ना १६ ‘प्वाईन्ट अफ सेल्समेन’लाई बिभिन्न उपहार प्रदान गरेको छ । जिल्लामा रहेको कम्पनीको डिलर ईष्ट हिमालयन ईन्टरप्राईजेज प्रालिको सहकार्यमा आवद्ध मोवाईल पसल, ईलेक्ट्रोनिक्स र स्टेशनरी पसलहरुलाई सिमकार्ड विक्री गरे बापत ‘च्यानल लोयल्टी प्रोग्राम’अन्तरगत एनसेलले बिभिन्न उपहार प्रदान गरेका हुन् । 
उपहार स्वरुप एनसेलले सदरमुकाम दिक्तेलबजारस्थित श्रेष्ठ बुक्स एण्ड स्टेशनरीलाई फोईन वान प्रिन्टर, सगरमाथा डिजिटल फोटो स्टुडियोलाई फ्रिज, शर्मिला ईलेक्ट्रोनिक्सलाई ग्याँस गिजर र ईटिसी ईलेक्ट्रोनिक्सले डिजिटल क्यामेरा प्रदान गरेका छन् । यस्तै, रोशीष साईबरले राईस कुकर, रोशिका मोवाईल सेन्टरले मिक्चर ग्रिन्डर, राम वाच एण्ड भाँडा पसलले ग्याँस हिटर र ईष्ट हिमालयन ईन्टरप्राईजेज शाखा दिक्तेलले डिजिटल क्यामेरा प्राप्त गरेको जनाईएको छ । 
एनसेलले मनोज मोवाईल सेन्टरका लागि फो सिएफएल ईन्भटर, मनोज फोटोकपी सेन्टर तथा मोहन प्रकास ईलेक्ट्रोनिक्स सेन्टरलाई ईर्मजेन्सी टर्चलाईट र ब्राईट फ्युचर ईलेक्ट्रोनिक्सलाई मेघा चिप्स कम्प्युटर, माईक्रोवेभ ओभन प्रदान गरेको छ ।
यस्तै, ऐसेलुखर्क गाउँपालिकामा राजभण्डारी डिजिटल फोटो स्टुडियोले इर्मजेन्सी टर्चलाईट, हेमन्त ट्रेड एण्ड सप्लार्यस विधुतिय पंखा, लक्की ईन्स्टीच्युट एण्ड साईबर मिक्चर ग्रिण्डर प्राप्त गरेका छन् ।
यता, केपिलासगढी गाउँपालिका बाक्सिलामा सेवा ईलेक्ट्रोनिक्स सेन्टरले मिक्चर ग्रिण्डर पुरस्कार पाएका ईष्ट हिमालयन ईन्टरप्राईजेज दिक्तेलका सञ्चालक अजय बस्नेतले जानकारी दिनुभयो । व्यापारी तथा व्यवसायीलाई एनसेलका सगरमाथा जोनल हेड विकल श्रेष्ठ र किरण शाहले बधाईसंगै उपहार वितरण गर्नुभएको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post