sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » खोटाङको सबै गाउँपालिबाट छानिए गायन प्रतिभा

खोटाङमा आयोजना भईरहेको गायन प्रतियोगिता ‘खोटाङ आईडल’को दोश्रो चरणका लागि जिल्लाका सबै गाउँपालिकाबाट प्रतिभाहरु छनौट गरिएको छ । गाउँगाउँमा लुकेर रहेका गायन प्रतिभाको पहिचान गर्दै अवसर प्रदान गर्ने उदेश्यका साथ शुरु गरिएको  प्रतियोगिताको दोश्रो चरणका लागि जिल्लास्थित आठ वटै गाउँपालिकाबाट ८७ जना प्रतिभा छनौट गरिएको हो ।
पहिलो चरणको लागि ११ स्थानमा अडिसन राखिएकोमा अब दुई नगरपालिकामा पहिलो अडिसन हुन बााकी रहेको छ ।  गत मंसिर २३ गतेबाट पहिलो अडिसन शुरु गरिएको प्रतियोगिताका लागि साकेला गाउँपालिकाबाट १०, दिप्रुङ गाउँपालिका ११, खोटेहाङ गाउँपालिका १६, जन्तेढुंगा गाउँपालिका ८, बराहपोखरी गाउँपालिका ९, केपिलासगढी गाउँपालिका १६, ऐसेलुखर्क गाउँपालिका १० र लामिडाडाँ गाउँपालिकाबाट ७ जना खोटाङ आईडलको दोश्रो चरण अडिसनका लागि छानिएका छन् ।
हलेसी तुवाचुङ नगरपालिकास्थित परिबर्तन नेपालले आयोजना गरेको गायन प्रतियोगिता 
करीब ९ लाख रपैंयाँ आर्थिक लागतमा सम्पन्न हुने जनाईएको छ । आयोजकका अनुसार पुस १२ गते हलेसी तुवाचुङ नगरपालिका हलेसी, १४ गते रुपाकोट मझुवागढी नगरपालिका बुईपा पञ्चेदोबाटो र १७ गते दिक्तेलमा पहिलो चरणको अडिसन सकिनेछ ।  
विजेता मध्ये प्रथमले ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्रोले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकलिष्टले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post