sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » प्रदेश एकको राजधानी खोटाङ उपयुक्त भएको दाबी

खोटाङ पुस–११, खोटाङका जनप्रतिनिधिहरुले हरेक हिसाबले उपयुक्त खोटाङ नै भएकोले प्रदेश नम्बर एकको राजधानी खोटाङलाई बनाईनुपर्ने धारणा राखेका छन् ।  प्रदेश राजधानीको लागि विभिन्न जिल्लाका स्थानीयले आफ्नो क्षेत्रमा हुनुपर्ने दाबी भइरहेको बेला जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिले प्रदेश राजधानी खोटाङ बनाइनुपर्ने धारणा राखेका हुन् । 
राजधानीमा बसेर पत्रकारिता गर्दै आएका खोटाङ्गे पत्रकारले मंगलबार रिपोर्टर्स क्लव काठ्माण्डौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रदेशसभा सदस्य राजन राई र रामकुमार राईले प्रदेश नम्बर १ को राजधानी खोटाङ बनाउनु पर्ने धारणा राखेका हुन् । प्रतिनिधिसभा सदस्य भट्टराईले मध्यपहाडी लोकमार्गका कारण प्रदेशका हरेक जिल्लासँग जोडिएको, धार्मिक तथा पर्यटकीयस्थल हलेसी रहेको, स्वच्छ हावापानी, भौतिक पुर्वाधार, प्राकृतिक श्रोतले भरिपूर्ण भएकाले खोटाङलाई प्रादेसिक राजधानी बनाउन उपयुक्त देखिएको बताउनुभयो । भौगोलिक रुपमा समेत खोटाङ प्रदेशको सेन्टरमा पर्ने भट्टराईको दाबी छ । खोटाङको बिकल्पमा धनकुटालाई प्रादेसिक राजधानी स्वीकार गर्न सकिने भट्टराईको भनाई थियो । 
यस्तै, प्रदेशसभा ‘क’ का सांसद राजन राईले सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक परिवर्तनका मुद्धालाई प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गर्नुभयो । सामुदायीक बिद्यालयको गुणस्तरको अवस्था दयनीय भएकोले पहिलो प्राथमिकता शिक्षा त्यसपछि स्वास्थ्य, खानेपानी, विद्युत र सडक बिस्तारलाई जोड दिइने राईको प्रतिबद्घता रहेको छ ।
 प्रदेशसभा ‘ख’ का सांसद रामकुमार राईले खोटाङको उत्पादन, अर्गानिक क्षेत्रको विकास, पर्यटनको विकास, धार्मीक स्थल हलेसी मन्दिर लगायतको संरचनाको उचित किसिमको विकास र संरक्षणमा जोड दिने उल्लेख गर्नुभयो । राईले प्रदेशको राजधानी, प्रदेशको नामाकरण र प्रदेश संचालन सम्बन्धी कानुन अहिलेसम्म नबन्नु विडम्बना भएको बताउनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post