sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङको रतन्छाबाट छानिए १० जना गायन प्रतिभा

खोटाङ मंसिर–२४, सांगीतिक उर्बर भूमि खोटाङमा आयोजित जिल्लाब्यापी गायन प्रतियोगिता ‘खोटाङ आईडल’ को छनौट चरण शुरु भएको छ । जिल्लाको हकमा सबैभन्दा ठूलो पुरस्कार राशी भएको गायन प्रतियोगिताको पहिलो अडिसन साकेला गाउँपालिकाको रतन्छाबाट शुरु गरिएको हो । 
जिल्लामा लुकेर रहेका गायन प्रतिभाको खोजी गरी परिचित गराउने उदेश्यका साथ परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिकाको आयोजनामा शुरु गरिएको अडिसनबाट रतन्छाका १० जना प्रतिभा छानिएका छन् । जनसाँस्कृतिक परिवार रतन्छाको सहआयोजनामा सम्पन्न अडिसनबाट साकेला गाउँपालिकाको रबिन बिश्वकर्मा, निशान परियार, सुजता परियार र रोशन श्रेष्ठ छानिएका हुन् । यस्तै, हालै सम्पन्न अडिसनबाट दोश्रो चरणको लागि संंगम राई, सुजन राई, जुनु राई, पुजन राई, शन्देश राई र सन्दिप राई छनौटमा परेका छन् ।
विजेता मध्ये प्रथमले ५४ हजार ५ सय ७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष १ गीत रेर्कड गर्ने अवसर पाउने छन् । दोश्रो स्थान लिने प्रतिभाले २४ हजार ५ सय ७४ प्रमाणपत्र तथा एक गीत रेकर्डका साथै ३ महिना संगीत कोर्ष लिन पाउने छन् । तेश्रो हुनेले १० हजार ५ सय ७४ प्रमाणपत्र, १ महिना संगीत कोर्ष र एउटा गीत रेकर्ड गर्न पाउनेछन् । वेष्ट भोकल एक जनाले २ हजार ५ सय ७४ नगद र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
दुई नगर र ८ गाउँपालिका रहेको जिल्लामा हरेक पालिकाको प्रतिभालाई पहिलो चरणबाट छानिने छन् ।  दिप्रुङ गाउँपालिकाका लागि आगामी मंसिर २५ गते सोमबार  पञ्चमीबजारमा अडिसन हुने आयोजकले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post