sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङको मतगणनाको प्रारम्भिक नतिजा साँढे ९ बजे मात्र

खोटाङ  मंसिर–२१,  खोटाङमा बेलुकी करिब साँढे सात बजे शूरु भएको मत गणनाको प्रारम्भिक नतिजा थाहा पाउन करिब साँढे ९ बजेसम्म पर्खनुपर्ने भएको छ । मुख्य निर्बाचन अधिकृतको कार्यालयमा शुरु भएको मत गणनाको नतिजा बुझ्न नागरिक आतुर भए पनि हरेक दुइ घण्टामा मात्र नतिजाबारे जानकारी दिने प्राबधान बनाईएको कारण सार्बजानिक हुन नसकेको हो । 
नागरिकलाई सूचना दिन जिल्लाका पत्रकारहरु तैनाथ भए पनि गणनाको नतिजा नआएका कारण समाचार सम्प्रेषण गर्न नसकिएको जनाईएको छ । तार जालीले बारेर चार वटा कोठामा मत गणना शुरु गरिएको हो । 
मत गणनास्थलमा प्रवेश पाएका उम्मेदवार वा प्रतिनिधि, गणनामा खटिएका कर्मचारी, अनुगमनकर्ता, पत्रकार लगायतलाई सुरक्षाकर्मीले अदालतको गेट, भवनको मुल ढोका र मत गणनास्थानमा उक्लने सिँढीमा चेक गर्ने व्यवस्था मिलाइएको छ । मत गणनास्थलमा रहेका जुनसुकै ब्यक्तिलाई जुनसुकै समयमा सुरक्षाकर्मीले खानतलासी गर्न सक्ने प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभएको छ ।
दुई नगर र ८ गाउँपालिकास्थित ७९ मतदान केन्द्र रहेको जिल्लामा कूल एक लाख २५ हजार १ सय ८३ मतदाता रहेका थिए ।  जिल्लामा सम्पन्न मतदानबाट प्रतिनिधि तथा प्रदेश दुवै निर्बाचनमा बाम र लोकतान्त्रिक गठबन्धनको प्रतिस्पर्धी नतिजा आउने आँकलन गरिएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post