sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » विकास निर्माणका योजनामा राजनीतिकरण रोक्नुस : प्रमुख आयुक्त बस्नेत

खोटाङ पुस–१५, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दिप बस्नेतले विकास निर्माणका योजनामा राजनीतिकरण गर्ने गरिएको भन्दै त्यस्तो प्रबृत्ति रोक्नुपर्ने बताउनुभएको छ ।

आफ्नो गृह जिल्ला खोटाङको छोरम्बुमा शनिबार आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय बिकास निर्माणका योजनामा राजनीतिकरण बढेकाले देशमा अपेक्षित विकास नभएको उहाँले दाबी गर्नुभयो ।


४७ वर्षपछि गृह जिल्ला खोटाङ आउनुभएका प्रमुख आयुक्त बस्नेतलाई छोरम्बुवासीले दोसल्ला ओढाएर सम्मान गरेको छ । बिकट जिल्लामा जन्मिएर पनि राज्यको उच्च तहमा पुगेर देशको सेवा गरेकामा सम्मान गरिएको जनाइएको छ ।


गाडीमार्फत गृह जिल्ला आउनुभएका उहाँले शनिबारै दिप्रुङ गाउँपालिका–३ छोरम्बुमा बिस्तार गरिएको केन्द्रीय विद्युत प्रशारण लाईन उद्घाटन गर्नुभयो । विद्युत उद्घाटन, आफूले अध्ययन गरेको विद्यालय शान्ति निकेतन मीनाकर्ण मावि निरीक्षण र आफन्तलाई भेटेर उहाँ शनिबारै राजधानी काठमाडौँ फर्कनुभएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post