sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » माझकिरात खोटाङमा धुमधाम मनाईयो उधौली

खोटाङ मंसिर–१७, आईतबार शुरु भएको किरात समुदायको प्रमुख साँस्कृतिक चाड उधौली माझकिरात खोटाङमा धुमधामका साथ मनाईएको छ । किरात राई समुदायको घनाबस्ती रहेको जिल्लास्थित ऐतिहासिक किराती थातथलो तथा बस्तीहरुमा साकेला सिली नाच्दै एकआपसमा शुभकामना आदानप्रदान गरी धुमधामका साथ उक्त चाड मनाईएको हो । 
प्रकृति र पितृपुजक किरातीहरूले आफ्नो पुर्खा र पितृहरूको सम्झनामा पुजाआजा गरी मनाउने यो चाडको अवसरमा किरातीहरुको ऐतिहासिक थलो मानिने मझुवागढी, रुपाकोट लगायत बिभिन्न स्थानमा भेला भई जिल्लाका किरात समुदायले साकेला सिली नाचेका छन् । किरात समुदायले अन्नबाली सप्रियोस, सुब्यफाब्य होस्, रोगब्याधी नलागोस् भन्ने कामना गर्दै साकेला चाड मनाउँदै आएका छन् । यो चाडलाई किरात समुदायले छोरीचेली–बाउमाईती तथा आफन्त, ईष्टमित्र भेटघाट गर्ने अवसरको रुपमा लिने गरेको पाईन्छ ।
चराचुरुङ्गी लेकबाट बेशींतिर झर्ने जाडो याम अर्थात मंसिरमा उधौली र बेंशीबाट लेकतिर जाने गर्मी याम बैशाखमा उभौली गरी हरेक बर्षको चारै किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले यो चाड उल्लासमय ढंगले मनाउने गर्दछन् । 
यस अवसरमा किरात समुदायका साँस्कृतिक खानाका परिकार लिँदै आपसमा शुभकामना आदान प्रदान गर्ने चलन छ । यो क्रम १५ दिनसम्म चल्छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post