sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » श्रीमतीको हत्या गर्ने कारागारमा

मंसिर–१९ खोटाङ, खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गर्ने रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ४६ वर्षीय राजकुमार राई कारागार चलान भएका छन् । मङ्सिर ३ गते खुकुरी प्रहार गरी ४२ वर्षीया श्रीमती राजमायाँ राईको हत्या गर्ने राजकुमार सोमबार पुर्पक्षका लागि कारागार चलान भएका हुन् । 
श्रीमतीको हत्या लगत्तै प्रहरीको सम्पर्कमा आएका राजकुमार विरुद्ध माइती पक्षले दिएको उजुरीको आधारमा जिल्ला न्यायाधिस किशोर घिमिरेको आदेशमा बाह्र दिनपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो । हत्यापछि खुकुरीसहित जिल्ला प्रहरी कार्यालय आएका राजकुमार विरुद्ध ज्यान मार्ने अभियोगको मुद्दा दर्ता गरेर कारबाही थालिएको थियो । 
श्रीमतीसँगै ससुराली सोही नगरपालिकाको वडा नम्बर–७ दोर्पा बस्दै आएका राजकुमारले ससुरालीमै श्रीमतीको हत्या गरेको स्थानीयले बताएका छन् । लामो समयदेखि घर झगडा गरिरहने राई दम्पत्तीको दुई छोरी र एक छोरा छन् ।  

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post