sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » खोटाङमा कमाउने भाँडो बन्दै सरकारी मोटरसाईकल

खोटाङ मंसिर–१६, सेवाग्राहीको काममा छिटो–छरितो तथा सहजता होस् भन्ने उदेश्यले कर्मचारीलाई प्रदान गरिएको सरकारी मोटरसाईकल खोटाङमा भने कमाई खाने भाँडो बनाउने गरेको खुलासा भएको छ । जिल्लाका सरकारी मोटरसाईकल चालक कर्मचारीहरुले आफुले चलाउने मोटरसाईकल मर्मत गरे बापत भन्दै वर्कसपहरुमा मन लाग्दो विल भपाई बनाउँदै समबन्धित कार्यालयबाट रकम असुली कमाई गर्ने  गरेको खुलासा भएको हो । 
स्थानीय सरकार कायम भएँंगै वर्कसपहरुमा सेतो नम्बर प्लेट भएका सरकारी मोटरसाईलले आफुले तोकेभन्दा दोब्बर विल बनाउने गरेको स्वयम वर्कसप सञ्चालकले जनाएका छन् । नीजि वाईकभन्दा सरकारी वाईक वर्कसपमा बढी आउने बताउने वर्कसप सञ्चालकका अनुसार जिल्लाका वडाध्यक्ष तथा सचिवले मोबिल चेन्जदेखी सानातिना समस्याको समेत बिल बढाई माग्ने गरेका छन् । 
आफुले त्यस्तो गलत कार्य गर्न नहुने सुझाउँदा समेत सरकारी मोटरसाईकल चालकहरु नमान्ने सञ्चालक बताउँछन् । नाम नबताउने शर्तमा एक वर्कसप सञ्चालक भन्छन्–‘मैले बिल बढाईदिएँ खुशी हुन्छन्, नबढाउने कुरा गर्दा रिसाउँछन् ।’ मध्ये रातमा समेत  सेतो नम्बर प्लेट भएको बाईकमा समस्या आएको बताउँदै मर्मतमा आउने गरेको बताईएको छ । कतिपय अवस्थामा सेतो प्लेट भएको बाईक चढेर आउनेमा सम्बन्धित कर्मचारी नभएर अन्य ब्यक्ति हुने समेत वर्कसप सञ्चालक सुनाउँछन् ।  
उनले भने–‘हामी महिनाभरी दैनिक काम गरेर सरकारलाई कर तिर्छौ, त्यही करबाट तलब खाने सरकारी कर्मचारीहरु हामीसँग एक प्रकारको र राज्यसंग अर्कै व्यावहार गरेर राज्यको ढुकुटी सक्ने काम गर्छन ।’ यस्तो कार्य तत्काल बन्द गर्नुपर्ने समेत सञ्चालकको माग छ ।  
जिल्ला सदरमुकाम दिक्तेलबजार, हलेसी र महुरेमा मोटरसाईकल वर्कसप सञ्चालनमा छन् । कतिपय सरकारी मोटरसाईकल सम्बन्धित काम र ब्यक्तिले भन्दा पनि अन्य ब्यक्तिले गलत प्रयोजनमा प्रयोग गर्ने गरेको पाईएको छ ।  - (पत्रकार चिसाङ शेर्पाको सहयोगमा)

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post