sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » डा.लोहनीलाई खोटाङमा एकैसाथ दुई अभिनन्दन


खोटाङ  मंसिर–२९, खोटाङको स्वास्थ्य सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै डाक्टर गुणराज लोहनीलाई नागरिक अभिनन्दन गरिएको छ । २०५८ साल साउन ६ गतेदेखि २०६१ साल बैशाखसम्म जिल्ला स्वास्थ्य कार्यालय खोटाङको प्रमुखका रुपमा रही स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै डाक्टर लोहनीलाई शुक्रबार खोटाङका नागरिकले अभिनन्दन गरेको हो । 
स्वास्थ्य बीमा कार्यक्रम सम्वन्धी अभिमुखीकरण कार्यक्रमका सिलसिलामा पुःन खोटाङ आइपुगेका डा. लोहनीलाई जिल्लाबासीले छुट्टाछुट्टै दुई अभिनन्दन गरेका हुन् । लोहनीलाई पुनः शुक्रबार साँझ जिल्लाबासीले दिक्तेलको त्रिबेणीचोकमा सडकमै कार्यक्रम गरेर अभिनन्दन गरेको हो । त्यसअघि स्वास्थ्य बीमा कार्यक्रमको पुर्व तयारीका विषयमा जानकारी दिन जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति, रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाबासीका तर्फबाट अभिनन्दन गरिएको थियो । 
गम्भीर प्रकृतिका बिरामीको उपचार र ज्यान बचाउनमा मरिहत्ते गरेर लागेकै बदलामा सडकमै कार्यक्रम गरेर उद्योग बाणिज्य संघ, रेडक्रस र गैससमहासंघले डा. लोहनीलाई नागरिक अभिनन्दन गरेको हो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post