sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » खोटाङमा मतदान मार्फत टुंगो लगाईयो गाउँपालिकाको नाम र केन्द्र

खोटाङ पुस–१३, खोटाङस्थित दिप्रुङ गाउँपालिकाको केन्द्र र नाम राख्ने बिषयमा सहमति हुन नसक्दा दुवै बिषयलाई मतदानमार्फत टुंगो लगाईएको छ । उक्त गाउँपालिकाको केन्द्र वडा नम्बर–५ मा पर्ने तृतियाभञ्ज्याङमा राख्ने र सोही वडाकै याङशोलाटारमा राख्ने भन्ने बारेमा दुई पक्षबीच विवाद चुलिएपछि गाउँपालिकाको गाउँसभाले निर्वाचनमार्फत बिहिबार केन्द्र र नामको टुंगो लगाएको हो ।
 निर्वाचनले दिप्रुङ गाउँपालिकाको केन्द्र याङशोलाटार बनाउने र नाम दिप्रुङ चुइचुम्मा गाउँपालिका राख्ने टुंगो लगाएको छ । निर्वाचनमा तृतियाभञ्ज्याङ केन्द्र वनाउने पक्षमा १७ मत र याङशोलाटार केन्द्र वनाइनुपर्ने पक्षमा १८ मत खसेको दिप्रुङ गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो । निर्वाचनमा ३६ मध्ये ३५ जनाले भाग लिएका थिए । 
स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले दिप्रुङ गाउँपालिकाको केन्द्र दिप्रुङ गाउँपालिका–५ को तृतियाभञ्ज्याङमा बनाउन सिफारिस गरे अनुरुप कार्यालय स्थापना भएपनि पालिकाको केन्द्र अपायकमा बनाएको भन्दै डाँडागाउ, टेम्मा र याम्खाका स्थानीयले बिरोध गर्दै आएका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post