sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » पक्की पुल सञ्चालनपछि उपभोग्य बस्तुको मुल्य घट्यो

खोटाङ मंसिर–१९, खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुधकोसीमा स्थायी पक्की पुल सञ्चालनमा आएपछि जिल्लामा उपभोग्य सामाग्रीको मुल्य घटाईएको छ । बाटोमा पार गर्नुपर्ने दुधकोसीमा मोटरेबल पक्की पुल बने लगत्तै खोटाङ उद्योग बाणिज्य संघले दैनिक उपभोग्यबस्तुको मुल्य घटाएको हो । 
 चामल, खाना पकाउने ग्याँस, दाल, चिउरा, चिनी, नुन, तेल, दाल, मसला, सावुन लगायतका उपभोग्यबस्तुको मुल्य घटाइएको संघका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । पुलका कारण २४ थरिका उपभोग्य वस्तुको मुल्य प्रतिकेजी ५ देखि १० रुपैयाँका दरले घटाइएको जनाईएको छ । 
संघले एमआरपी उल्लेखित उपभोग्यबस्तुलाई से भन्दा बढि मुल्यमा बिक्रीवितरण नगर्नका लागि व्यवसायीलाई सचेत गराईएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने दुधकोसीमा ८ वर्ष लगाएर पक्की पुल बनेको हो । पुल अभावमा दुधकोसीमा विगत पाँच÷छ वर्ष यता बेलिब्रिज राख्ने गरिएको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post