sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » मतदान गरेको एघार दिनपछि मत गणना शुरु, मतदाताको ब्यग्र प्रतिक्षा

खोटाङ मंसिर–२१, खोटाङमा प्रदेश तथा प्रतिनिधि सभा निर्बाचनको लागि मतदान भएको ११ दिनपछि मत गणना शुरु हुँदैछ ।  पहिलो चरणमा गत मंसिर १० गते मतदान भएको जिल्लामा आज बिहिबार बेलुकी ७ बजेबाट मतगणना शुरु गरिने मुख्य निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ । 
मतगणनाको लागि सम्पुर्ण ब्यवस्था मिलाईसकिएको मुख्य निर्बाचन अधिकृत किशोर घिमिरेले बताउनुभयो । साँझ पाँच बजेभित्र उम्मेदवारको मत गणना प्रतिनिधि नियुक्त गरिसक्ने र बेलुकाको खाना खाएपछि कडा सुरक्षाबीच मत गणना थाल्ने निर्णय हिजोको सर्बपक्षीय बैठकबाट गरिएको हो । मत गणनाका लागि तार जालीले बारेर चार वटा कोठा तयार पारिएको छ । हरेक दुई घण्टामा मत गणनाको परिणाम माईकिङ गरी सार्वजनिक गर्ने गरी गणनाको तयारी गरिएको जनाईएको छ । 
मत गणनास्थलमा प्रवेश पाएका उम्मेदवार वा प्रतिनिधि, गणनामा खटिएका कर्मचारी, अनुगमनकर्ता, पत्रकार लगायतलाई सुरक्षाकर्मीले अदालतको गेट, भवनको मुल ढोका र मत गणनास्थानमा उक्लने सिँढीमा चेक गर्ने व्यवस्था मिलाइएको छ । मत गणनास्थलमा रहेका जुनसुकै ब्यक्तिलाई जुनसुकै समयमा सुरक्षाकर्मीले खानतलासी गर्न सक्ने प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post