sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » ‘दुवै निर्वाचन एकै साथ सम्पन्न हुनुमा सबैकोे जिम्मेवार भूमिका !’ : प्रमुख आयुक्त यादब


खोटाङ पुस–३, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जटिलताका बीचबाट पनि दुवै निर्वाचन एकै दिन सफलतापुर्बक सम्पन्न गर्न सकेकोमा नेपाली जनतालाई बधाई दिनुभएको छ ।  प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई शान्त, निष्पक्ष तथा निर्भयतापूर्ण बनाउन सकेकोमा बधाई तथा धन्यबाद दिन सोमबार खोटाङ आउनुभएका यादबले निर्वाचन सफल हुनुमा सबै पक्षको उत्तिकै भूमिका रहेको बताउनुभएको हो । 
५०–६० वर्षदेखि लोकतान्त्रिक अभ्यास गरेका मुलुकले समेत दुवै निर्वाचन एकै साथ सम्पन्न गर्न नसकिरहेको अवस्थामा नेपाली जनता लगायत सबै पक्षले जिम्मेवारीपूर्ण भूमिका निर्बाह गरेकोले नेपालमा सम्भब भएको यादबको भनाई छ । दुवै निर्वाचन एकै साथ गर्न बढी खर्चिलो र व्यवस्थापकीय दृष्टिकोण चुनाौतिको रुपमा खडा हुने बताईएको छ । 
निर्वाचनको मिति घोषणा पछि मात्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी पाएको जनाउँदै यादबले जनताले निर्भिकताका साथ मतदान गर्न देखाएको अदम्य साहसप्रति आभार प्रकट गर्नुभयो ।  
यो ऐतिहासिक निर्वाचनबाट निर्वाचित स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाका नवनिर्वाचित  प्रतिनिधिलाई लक्षित गर्दै आयुक्त यादबले आफ्नो दायित्व पूरा गर्न अनुरोध समेत गर्नुभयो । स्वतन्त्र, निष्पक्ष तथा शान्तिपूर्ण ढंगबाट सम्पन्न लोकतान्त्रिक निर्वाचनलाई स्थापित गर्नु अति आवश्यक रहेको उहाँले बताउनुभयो । 
खोटाङमा २६ हजार बढी मत बदर भएको कुरालाई ईंगित गर्दै आगामी दिनमा निर्वाचनलाई मतपत्रको माध्यमबाट नभई प्रविधिमैत्री बनाउनु पर्ने धारणा राख्नुभयो । धेरै मत बदर हुनुमा मतदाता शिक्षाको अभाब मात्र नभई नमुना मतपत्रमा उम्मेदवारको चुनाब चिन्ह नहुनु पनि कारण भएको उहाँको ठहर तछ । उम्मेदवारले मत माग्दा सशी ढंगले मत हाल्ने तरिका नसिकाउँदा पनि धेरै मत बदर भएको हुन सक्ने यादबको अनुमान छ ।  

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post