sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » भीरबाट ट्याक्टर खस्दा एकको मृत्यु

खोटाङ मंसिर–२३, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थित घुर्चुमा शुक्रबार साँझ भीरबाट ट्याक्टर खस्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
साँझ साढे ५ बजेको समयमा हलेसीबाट दुधकोशीतर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको ट्याक्टर सप्तेश्वर भीरबाट ७ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा ट्याक्टरमा सवार डाँडागाँउ बस्ने २३ बर्षिय बालकुमार पुलामी मगरको घटनास्थलमै मृत्यु भएको होप्रहरीले जनाएको छ ।  सोही ट्याक्टरमा सवार बर्ष २६ को अर्जुन थापा मगर घाईते भई उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी दुर्छिम पठाईएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।
ट्याक्टरका चालक सोही नगरपालिका बस्ने १९ बर्षिय देबेन्द्र बस्नेत फरार रहेकाले खोजी कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post