sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङमा‘पुरानो फोहोर हटाउ’ अभियान

खोटाङ पुस–२,  खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले ‘पुरानो फोहोर हटाउ’ अभियान सञ्चालनको तयारी गरेको छ । वर्षौदेखि थुप्रिएको पुरानो फोहोरमैला नहटाएसम्म नगरपालिकालाई सफा र सुन्दर बनाउन नसकिने निष्कर्षसहित पूरानो फोहोरमैला हटाउन अभियान थालिएको मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो । पुरानो फोहोर हटाउनका लागि शनिबार नगरपालिकाले नगरबासीसँग छलफल चलाएर सुझाव संकलन गरेको छ । पुरानो फोहोरलाई हटाएर सरसफाईका नियमित कामलाई निरन्तररुपमा सञ्चालनका लागि पुस ५ गतेदेखि एक हप्तासम्म सरसफाई अभियान चलाइने नगरपालिकाले जनाएको छ । पुरानो फोहोर हटाउनका लागि नगरपालिकाले ल्याएको अभियानमा उत्साहित व्यवसायी, शिक्षण संस्था, स्थानीय लगायतले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । नियमित सरसफाई अभियान नगरपालिकाका १५ वटै वडामा लागू हुने छ । 
सरसफाईलाई निरन्तरता दिनका लागि जिल्ला समन्वय समितिका संयोजक बबी चाम्लिङको संयोजकत्वमा मेयर रिजाल, प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी, उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालु, पत्रकार महासंघका अध्यक्ष दमन राई सदस्य रहेको अनुगमन समिति गठन गरिएको छ । अनुगमन समितिले सरसफाई सम्वन्धी गतिविधिको अनुगमन गर्दै सरसफाईयुक्त कार्यालय, शिक्षण संस्था, सफा घरलाई पुरस्कारकालागि सिफारिस गर्ने जनाइएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post