sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » हलेसी क्षेत्रमा लगाईएको अन्नबाली खडेरीले सखाप

खोटाङ  मंसिर–१६, खोटाङको सुख्खा क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका अधिकांश क्षेत्रमा पानी नपर्दा हिउँदे अन्नबाली सुक्न थालेको छ । जिल्ला दैबीप्रकोप उद्धार समितिले २०६८ सालमा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको उक्त नगरपालिकाका महादेबस्थान, दुर्छिम, मंगलटार, बडहरे, च्यास्मीटार, डिकुवा र बाहुनीडाँडाका किसानले लगाएका हिउँदे बाली सुकेको हो । सुक्खाग्रस्त घोषित क्षेत्रमा पानी नपर्दा दलहन र तेलहन लगायतका बालीनाली सुक्न थालेको जिष्ट कृषि फर्म बाहुनीडाँडाका सञ्चालक फौदसिं कार्कीले बताउनुभयो ।  
भदौ यता पानी नपर्दा हिउँदे मकै, मास, मस्याम, बोडी, गहत, तिल, फिलुंगे लगायतका बालीनाली ओइलिएर सुकेको किसानको भनाई छ । मूख्य बालीनाली नै सुक्न थालेपछि किसान चिन्तित छन् । पानी नपर्दा केराको बोट समेत ओइलिन थालेको छ । विशेषगरी दुधकोसी र सुनकोसी किनारभन्दा केहीमाथिका गाउँमा खडेरीको समस्या छ । यस अघिका वर्षसम्म भदौं असोजसम्म सामान्य वर्षा हुने गरेको भए पनि यस वर्ष भने पानी नपरेको किसानको भनाई छ । सिँचाईको अभावमा सो क्षेत्रका स्थानीय आकाशे पानीको भरमा खेतीपाती गर्न बाध्य छन् । 
सदरमुकामबाट पश्चिमी क्षेत्रमा पर्ने सो क्षेत्रमा मुहान सुकेपछि पिउने पानीको समेत अभाव चर्किएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post