sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङमा शिक्षा नियमावली निर्माण सुरु

खोटाङ पुस–१६, खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिकाले नगर शिक्षा नियमावली निर्माण शुरु गरेको छ । नगरपालिकाले शिक्षा नियमावली निर्माणका लागि १५ वटा वडा रहेको नगरपालिकाले शिक्षाबिद्, प्राज्ञिक, शिक्षासेवी, दलका नेता, शिक्षा सम्वद्ध पेशागत संगठनबाट सुझाव तथा परामर्श लिँदै शिक्षा नियमावली निर्माणको काम शुरु गरेको हो । 
हप्ता दिनसम्म चलाइने छलफल, परामर्शपछि निर्माण हुने सुझाव सहितको नगर शिक्षा नियमावलीको ड्राफ्ट नगरपालिकामा पेश हुने रुपाकोट मझुवागढी नगरपालिका सामाजिक बिकास समिति शिक्षा शाखाले जनाएको छ । छलफल, परामर्श र आवश्यक सुझाव सहित प्राप्त हुने ड्राफ्टका विषयमा पुःन शिक्षाबिद, प्राज्ञिक, शिक्षासेबी लगायतसँग छलफल र परामर्श गरेर ड्राफ्टलाई अन्तिम रुप दिइने रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो ।
प्राप्त भएको ड्राफ्टका आधारमा नगरको शैक्षिक बिकास र उन्नतीका लागि आवश्यक र सुहाउँदो तरिकाको नगर शिक्षा नियमावली निर्माण गरेर कार्यान्वयनमा ल्याइने नगरपालिकाले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post