sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » ७ बर्षदेखि बिदेशमा सम्पर्कबिहिन छोराको एक्कासी फोन आउँदा,,,

मंसिर–१७ खोटाङ, ७ वर्षसम्म विदेशमा वेपत्ता भएका छोरा सम्पर्कमा आउँदा बाबुआमालाई कति हर्ष होला! त्यही खुसीमा छन् खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल भवनगैराका अम्बीकादेबी आचार्य र बाबु शिबप्रसाद आचार्य। मलेसियामा कार्यरत रहेको अवस्थामा २०६७ सालदेखि परिवारबाट सम्पर्क विहिन बनेका बेदनाथ आचार्यले फोन गरेर सञ्चकुशल रहेको जानकारी गराएपछि परिवारमा खुसी वर्षिएको छ । १३ वर्षअघि मलेसिया गएका बेदनाथ ७ वर्षदेखि वेपत्ता बनेका थिए। बेला–बेलामा सम्पर्क गर्ने छोरो चटक्क वेपत्ता भएपछि परिवारमा पीडाका साथै चिन्ता र निराशा छाएको थियो । छोराको बोटो हेर्दै दिन, रात, वर्ष बिताए। परिवारले बेपत्ता बेदराजको खोजीका लागि सुरक्षित आप्रवासन परियोजना (सामी)को दिक्तेलस्थित सूचना केन्द्रमा २०७० सालमा निबेदन पनि दिएका थिए । लामो समयसम्म सम्पर्कमा नआउँदा बेदनाथको विषयमा अनेक अनुमान गरिए । कसैले विहे गरेर बसेको, कसैले मृत्यु भएको अनुमान गर्थे । तर, परिवारलाई भने आश मरेको थिएन। नभन्दै ७ वर्षपछि छोराको फोन आउँदा आमा अम्किादेबी हर्ष्विभोर बनेकी छन् । ‘सात वर्षपछि छोराको बोली सुन्न पाएँ,’ सूचना केन्द्रमा आएकी अम्बिकादेवीले भनिन्, ‘मलाई गुमेको छोरा पाएझैं भइरहेको छ । आशा छ अव त पक्कै घर आउँछ।’

फोन सम्पर्क नभए पनि बेदनाथ सकुशल रहेको जानकारी परिवारलाई दशैंअघि भएको थियो । बेदनाथसँगै काम गरेर फर्किएका नवलपरासीका सुमन खतिवडाले सेप्टेम्बर दोश्रो साता फोन गरेर बेदनाथ मलेसियामा नभै थाइल्याण्डमा सकुशल रहेको जानकारी गराएका थिए । तर पनि परिवार ढुक्क थिएन । बेदनाथ स्वयंले मंसिर १ गते घरमा फोन गरेपछि भने परिवार ढुक्क बनेको सुरक्षित आप्रवासन परियोजना सुचना केन्द्रकी परामर्शकर्ता अम्बिका दाहालले बताईन् । २०६२ सालमा मलेसिया गएका बेदनाथले डेढ वर्षमै कम्पनी छाडेर भागेर अन्यत्र काम गर्न थाले । कम्पनी छाडेपनि उनको परिवारसँग नियमित सम्पर्क हुन्थ्यो । तर मलेसिया बसेको ६ वर्षपछि उनले नेपाल फर्कनका लागि नागरिकता पठाइ मागे । छोरा घर फर्कने आशामा उत्साहित हुँदै कुरियर गरेर नागरिकता पठाएका बाबुआमाको आशा त्यतीबेला निराशामा बदलियो, जतिबेला बेदनाथको हातमा नागरिकता पुग्यो । नागरिकता हात परेपछि सम्पर्क विहिन बनेका बेदनाथले लामो समयपछि बाबुआमाको मरिसकेको आश जगाइदिएका छन् । परिवारका अनुसार हप्ता दिनअघि मलेसिया आएका बेदनाथले केही महिना काम गरेर घर फर्कने बताएका छन्।

बेदराज कहाँ हराए ७ वर्ष ?

मलेसियामा अवैधानिकरुपमा बसोबास गर्नेक्रममा बेदनाथ साथीहरुसँग थाइल्याण्ड पुगे । थाइल्याण्डमा रबरको रुखबाट निस्कने चोप संकलन गर्ने काममा खटिए । जंगलकै बास, जंगलमै काम भएपछि उनी परिवारको सम्पर्कबाट टाढिए । स्वदेश फर्किएर खबर दिने नवलपरासीका सुमन खतिवडाका अनुशार कम्पनी मालिकले उनीहरुलाई हप्ता दिनमा एक पटक खाना र खाजा ल्याइदिन्थे। कुनैबेला थोरै खानाले हप्ता दिन टार्नुपर्ने वाध्यता बेहोर्दै बसे। थाइल्याण्डको जंगलमा कष्टकासाथ समय विताउनेक्रममा मलेसियन नागरिक रबर लिन सो स्थानमा पुगे। पहिल्यै मलेसियामा बसेका कारण बेदनाथ, सुमन लगायतलाई मलेसियन भाषा राम्ररी बोल्न आउँथ्यो। दोहोरो सम्बाद भएपछि मलेसियन नागरिकले भगाएर मलेसिया ल्याउन तयार भएपछि मलेसियन नागरिककै सहयोगमा नेपाल फर्किएका सुमनले बेदनाथको अवस्थाका विषयमा पहिलोपल्ट परिवारलाई जानकारी गराएका हुन्। बेदनाथ बेपत्ता भएको विषयमा विभिन्न अनलाईन र सामाजिक सञ्जालमा पोष्ट भएको पत्ता पाएपछि सुमनले सूचना केन्द्रमा फोन गरेर बेदनाथको अवस्थाका विषयमा जानकारी दिएका थिए। सूचना केन्द्रमार्फत बेदनाथ सकुशल रहेको खबर उनका घर परिवारमा पुगेको थियो । बेदनाथले थाइल्यान्डबाट कसरी फर्किए भन्ने विषयमा परिवारलाई केही बताएका छैनन् । तर उनी पनि रबर लिन मलेसिया पुगेका मलेसियनकै सहयोगमा मलेसिया फर्किएको अनुमान गरिएको छ।

भारतीय सेनाबाट अवकास प्राप्त बुवा । सदरमुकाममै घर, बेदनाथलाई खाना लाउन समस्या थिएन । तर, पनि उनी एलएलसि नसकी १८ वर्षको उमेरछँदा मलेसिया गएका थिए । बेदनाथ मलेसिया जाँदाका कुनैपनि कागजात परिवारमा नहुँदा उनको खोजीमा समस्या भएको परामशकर्ता दाहाल बताउँछिन् । ‘आमाबाबुले खोजीका लागि निवेदन दिनुभयो, तर उहाँ कुन मेनपावरबाट कुन पम्पनीमा गएको खुल्न नसक्दा समस्या पर्यो,’ दाहाले भनिन्, ‘त्यही पनि खोजीका लागि पहल गरिरह्यौँ, फलस्वरुप बेदनाथको विषयमा हाम्रै अफिसमा पहिलो फोन आएको थियो।’                ( नागरिक न्युज डटमा प्रकाशित दमन राईको समाचार )

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post