sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » १६ लाख बढी क्षति ब्यहोर्ने अग्नीपिडितका लागि सहयोग संकलन अभियान

खोटाङ पुस–६, सोह्र लाख बढीको क्षति ब्यहोर्दै बिचल्लीमा परेका खोटाङका एक अग्नि पीडित परिवारका लागि देश बिदेशमा आर्थिक संकलन अभियान चलाईएको छ । आगलागीमा घर तथा बन्दोबस्तीका सामान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका मित्रमान राईको पुर्नस्थापनाका लागि देशबिदेशमा आर्थिक सहयोग संकलन थालिएको हो ।
 अग्नी पिडितको पुर्नस्थापना एबं सहज जीवनयापनका लागि आफन्त तथा शुभेच्छुकले अभियानको छोटो समयमै ७५ हजार भन्दा बढि रकम संकलन गरिसकेका छन् । अग्नी पीडितलाई हस्तान्तरण गर्ने गरी हालसम्म ७५ हजार ६० रुपैयाँ रकम संकलन भइसकेको अभियानमा संलग्न स्थानीयले बताएका छन् । 
गत मंसिर २८ गते भएको आगलागीमा राईको १६ लाख ४८ हजार बराबरको धनमाल नष्ट भएको थियो । आगोले तीन तले घर, घरभित्र भएका धनमाल, १४ चौपाय लगायत जलेको प्रहरीले जनाएका थिए । बिचल्लीमा परेका पीडितको सहयोगका लागि हङकङमा रहेका नयन राई, मलेसियामा रहेका जनक राई, काठमाण्डौंमा रहेका द्धारसिं राई लगायतको पहलमा सहयोग संकलन अभियान थालिएको हो । केही समयसम्म सहयोग संकलन अभियानलाई जारी राखेर पीडितलाई रकम हस्तान्तरण गरिने पिडितका छिमेकी एबं सामान्य प्रशासन अधिकृत खम्बराज राईले बताउनुभयो । पीडितको सहयोगार्थ मलेसिया, हङकङ, साउदीअरब, ब्रुनाई, कुबेत लगायतका ठाउँबाट सहयोग प्राप्त भइरहेको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post