sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » जुम्रा मार्न टाउकोमा बिषादी लगाईदिँदा बालिकाकोे मृत्यु, एक गम्भिर

खोटाङ मंसिर–२५, टाउकोको जुम्रा मार्न टाउकोमा लगाईएको विषादीका कारण खोटाङको ७ वर्षिया बालिकाको मृत्यु भएको छ । जुम्रा हटाउन टाउकोमा मेटासिट लगाईदिँदा रुपाकोट–मझुवागढी नगरपालिका–१५ वुइपा निवासी पुष्पराज वास्तोलाकी ७ वर्षिया छोरी सुनिता वास्तोलाको मृत्यु भएको हो । 
मृतक सुनिताकी आमाले राती सुत्ने बेलामा छोरीहरुको टाउकोको जुम्रा मार्न मेटासिट लगाईदिएका थिए । बिहान उठ्दा छोरीहरु सिकिस्त अवस्थामा भेटिएपछि सदरमुकाम दिक्तेलबजारस्थित जिल्ला अस्पतालमा उपचारका लागि ल्याईएको थियो । जिल्ला अस्पतालमा उपचर हुन नसे पछि काठमाण्डौं लैजाँदै गर्दा शनिबार राती साँढे ११ बजे बाटोमा पर्ने खुर्कोटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुनितासँगै सिकिस्त बनेकी उनकी ११ वर्षिया दिदी भावना वास्तोलाको भने काठमाण्डौको कान्ति बाल अस्पतालमा उपचार भईहेको बताईएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post