sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » साकेला गाउँपालिका र दिक्तेलबजार जोड्ने द्रुत मार्ग उद्घाटन

खोटाङ पुस–१, खोटाङमा सडकको ट्र्याक खोलिए पनि सञ्चालनमा आउन नसकेको सडक मर्मतका लागि उद्घाटन गरिएको छ । जिल्ला सदरमुकाम दिक्तेलबजार–दुम्ली–दोबेला सडकलाई मर्मत गरेर नियमित सञ्चालनमा ल्याउनका लागि उदघाटन गरिएको हो । 
दोर्पाचिउरीडाँडाको दुम्लीमा आयोजित कार्यक्रममा रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले रिवन काटेर सडकको उद्घाटन गर्नुभएको हो । ट्रयाक खोलिए पनि सञ्चालनमा आउन नसकेको रुपाकोट मझुवागढी नगरपालिका–१, ७ र ८ जोड्ने सडकलाई साकेला गाउँपालिका र सदरमुकाम दिक्तेल जोड्ने सबैभन्दा द्रुत मार्ग मानिएको छ । 
करिब २२ किलोमिटर लम्बाई भएको सडक उद्घाटनका लागि दिक्तेलबाट जीप लिएर दुम्ली, दोबेला पुग्दा हर्षित स्थानीयले अतिथिलाई फूलमालाले स्वागत गरेका थिए । माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रधान्मन्त्री हुँदा आर्थिक वर्ष २०६४÷०६५ मा छुट्याइएको ३० लाखको लगानीमा दिक्तेल–दुम्ली–रतन्छा सडकको दिक्तेलको अस्पतालचोकबाट ट्रयाक खोल्न थालिएको थियो । सडक निर्माणका क्रममा पुरानो र नयाँ निर्माण उपभोक्ता समितिमार्फत करोडको खर्च भएको बताइएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post