sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङमा दुवै निर्बाचनमा बाम गठबन्धनको अग्रता कायमै ( बिहान ६ः३० अपडेट)

खोटाङ मंसिर–२२, खोटाङमा प्रतिनिधिसभा तथा प्रदेशसभा सबैमा वाम गठबन्धनको लगातार अग्रता रहेको छ । सुरुवातमै वाम गठबन्धनले अग्रता लिएको जिल्लामा अहिले बिहान साँढे ६ बजेसम्म पनि अग्रता कायमै छ ।
मूख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान साँढे ६ बजे सार्बजानिक गरेको परिणाम अनुसार अनुसार प्रतिनिधिसभामा वाम गठबन्धन (एमाले) का बिशाल भट्टराईले ६ हजार २ सय ४१ र लोकतन्त्र गठबन्धनको तर्फबाट कांग्रेसकी सरस्वती बजिमयले बजिमयले ४ हजार ३ सय ८१ मत प्राप्त गर्नुभएको छ ।
गत मंसिर १० गते सम्पन्न मतदानबाट प्रदेशसभा (क) मा कांग्रेसका सुवासकुमार पोखरेलले १ हजार ६ सय ९४ लिएकोमा वाम गठबन्धन (एमाले) का राजन राईले २ हजार ९ सय १८ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, प्रदेशसभा (ख) मा कांग्रेसका बिष्णुकुमार राईले १ हजार ९ सय ५० र वाम गठबन्धन (माओबादी केन्द्र) का रामकुमार राईले ३ हजार ४ सय ९१ मत ल्याउँदै अग्रता कामय गर्नुभएको छ ।
बेलुका करिब साँढे ७ बजेदेखि मत गणना सुरु गरिएको हो । दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ मतदान केन्द्र रहेको जिल्लामा कूल १ लाख २५ हजार १ सय ८३ मतदाता रहेका थिए ।

१. लोकतान्त्रिक गठबन्धन (रुख) सरस्वती बजिमय ः ४३८१
२. बाम गठबन्धन (सुर्य) बिशाल भट्टराई ः ६२४१
प्रदेशसभा (क)
१.लोकतान्त्रि गठबन्धन (रुख) सुवासकुमार पोखरेल ः  १६९४
२. वाम गठबन्धन (सुर्य) राजन राई ः २९१८
प्रदेशसभा (ख)
१. लोकतान्त्रिक (रुख) बिष्णुकुमार राई ः १९५०
२. बाम गठबन्धन (गोलाकारभित्र हँसिया हथौडा) रामकुमार राई पासाङ ः ३४९१

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post