sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » उपत्यकामा माओवादीले खाता खोल्यो, ललितपुर तीनमा पम्फा भुसाल विजयी


ललितपुर २३ मंसिर
ललितपुर क्षेत्र नम्बर तीनमा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभातर्फकी साझा उम्मेदवार पम्फा भुसाल विजयी भएकी छिन् ।



भुसाल २४ हजार ३६ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मदनबहादुर अमात्यले २२ हजार ३२९ मत पाए  ।

कांग्रेस जिल्ला सभापति तथा निवर्तमान सांसद समेत रहेका अमात्यले सुरुवाती १६ घण्टा अग्रता लिएका थिए । त्यसपछि लगातार अग्रता कायम गरेर भुसाल विजयी भएकी हुन् ।

काे हुन् उनी

नेकपा माओवादी केन्द्रकी नेतृ भुसाल २०१९ सालमा अर्घाखाँची किँम डाँडा ५ आँपखोलामा जन्मिएकी हुन्। उनी पहिलो संविधानसभा निर्वाचनमा ललितपुर ३ बाट विजयी सभासद  हुन् भने उनी मन्त्री समेत बन्न सफल भइन् । भुसालले २०३३ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेकी हुन्।

नेतृ भुसाल २०५० मा संयुक्त जनमोर्चा नेपालको पहिलो अध्यक्ष बनेकी हुन् । २०५१ सालमा माओवादीकी केन्द्रीय सदस्य बनेकी भुसालले पटक पटक गरी ३ वर्ष जेल जीवन बिताएकी छन् ।

भुसालले आर्किटेक्चरमा स्नातक, शिक्षामा स्नातक तथा समाजशास्त्रमा स्नातकोत्तर पास गरेकी छन्। माओवादीकी केन्दीय सदस्य भुसाल हाल पार्टी प्रवक्ता  हुन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post