sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » खोटाङमा स्वास्थ्य बीमा सदस्यता दर्ता सुरु

खोटाङ पुस–२६, खोटाङमा स्वास्थ्य बीमा सदस्यता दर्ताका काम सुरु गरिएको छ । बिमितको स्वास्थ्य बीमाका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले सोमबारदेखि बीमितको नाम दर्ता एबं परिचयपत्र बितरण सुरु गरेको हो । आगामी फागुन १ गतेदेखि स्वास्थ्य बीमाको शर्त अनुशारका सेवासुविधा लिन पाउनेगरी बिमितको नाम दर्ता एबं परिचयपत्र वितरण सुरु गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रामबहादुर केसीले बताउनुभयो । 
पाँच जनासम्मको परिवारले वार्षिक रुपमा २५ सयको स्वास्थ्य बीमा गरेपछि बिरामी परेका समयमा बार्षिक ५० हजारको स्वास्थ्य उपचार पाउने सुनेपछि स्थानीय स्वास्थ्य बीमाप्रति हौसिएका छन् । पाँच जनाभन्दा बढि सदस्य भएका परिवारले स्वास्थ्य बीमा गर्न थप प्रतिव्यक्ती ४५० का दरले शुल्क बुझाउनु पर्छ भने उपचार खर्च पनि ५० हजारमा प्रतिव्यक्ती थप १० हजारका दरले बढि पाउने सामाजिक स्वास्थ्य सुरक्षा बिकास समितिले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post