sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » खोटाङका चार उद्यमी सम्मानित

खोटाङ  माघ–३, लामो समयदेखि निरन्तर घरेलु तथा साना उद्योगको माध्यमबाट स्वावलम्बी तथा आत्मनिर्भर बनिरहेका खोटाङका चार उद्यमी सम्मानित भएका छन् । स्वभिमानी, स्वावलम्बी र आत्मनिर्भर बन्न प्रेरित गर्दै लघु घरेलु तथा साना उद्योगको प्रवद्र्घनमा महत्वपूर्ण योगदान पु¥याउने उद्यमी घरेलु तथा साना उद्योग बिकास समिति जिल्ला शाखाबाट बुधबार सम्मानित भएका हुन् । 

२०४२ सालदेखि निरन्तर दिक्तेलबजारमा साना किसान होजियारी उद्योगसञ्चालन गर्दै आउनुभएको रुपाकोट मझुवागढी नगरपालिकाका हैकमसिं राई र २०५७ सालदेखि सयपत्री अगरबत्ती उद्योग सञ्चाल गर्दै आउनुभएको साकेला गाउँपालिका निवासी शिबकुमार ढकाललाई दोसल्ला, सम्मान–पत्र तथा नगद तीन हजार सहित सम्मान गरिएको हो । 

यस्तै, २०६७ देखि दिक्तेलमा सिर्जनशील सिलाईकटाई उद्योगलाई निरन्तर सञ्चालन गर्दै आउनुभएको रुपाकोट मझुवागढी नगरपालिकाको देबीकुमारी गेलाल र २०६८ सालदेखि जिल्लाको पहिजान झल्कने कलात्मक लाठ्ठी लगायतको सामाग्री निर्माण गर्ने दिक्तेल हेण्डीक्राप्ट उद्योकाका सञ्चालक भिम बिक पनि सम्मानित हुनुभएको छ । 

उद्यमीहरुलाई प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, बिशेष अतिथि रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी लगायतले सम्मान गुर्नभएको थियो ।

 सम्मानित सबैले घरेलु तथा साना उद्योग बिकास समितिबाट प्राबिधिक ज्ञान तथा सीप प्राप्त गरेपछि ब्यवस्थित ढंगले उद्यममा लागेको घरेलु तथा साना उद्योग समितिका उद्योग अधिकृत लोकनाथ खतिवडाले जनाउनुभयो ।  

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post