sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » ‘उधारो यो जिन्दगी उधारोमै गुजार्दैछ छु..’: श्रष्टा भरतको उधारो अन्त्य

माघ–५ खोटाङ,  ‘उधारो यो जिन्दगी, उधारोमै गुजार्दैछु, पाईलैपिच्छे ऋणको सयर गुडाउँदैछु..’ स्वर्गीय भरतबिशाल राईको  ‘प्रस्ताब’ गीति एल्बममा समाबेश यो गीत २०६६/६७ साल ताका निक्कै चर्चामा रह््यो ।  गायक राजेशपायल राईको स्वरमा सजिएको यो गीतको श्रष्टा भरतबिशालले ठट्टै–ठट्टामा आफ्नै जीवनको यथार्थसँग पनि यो गीतले मेल खाने बताउँथे । 

 भन्थे–‘खै ! केही नयाँ काम गरुँ भन्यो हुँदैन अनि ऋणमै मात्र परिन्छ हौ । ’ वैदेशिक रोजगारीमा कतार समेत पुगेका राईले राम्रै कमाई गरेको सुनाउँथे । वैदेशिक रोजगारीका क्रममा गरेको कमाईले राम्रै जोरजाम पनि गरेका थिए । उसो त दिक्तेलबजारमा पहिलो पटक पछिल्लो पुस्ताका माग अनुरुपको ‘सनराईज भ्यु रेष्टुरेण्ट’ पनि सञ्चालन गरे । तर के पारा मिलेन कुन्नी राम्ररी फस्टाएन । 

खोटाङको बुइपामा जन्मी पछिल्लो समय सदरमुकाम दिक्तेलबजारमा सरेका बहुप्रतिभा भएको श्रष्टा भरत समाजसेवामा उत्तिकै सक्रिय थिए । किरात सेवा समाजमा आबद्व भई थुप्रै सामाजिक कार्यमा अगुवा भूमिका समेत निर्बाह गरेको निकटस्थ ब्यक्तिहरु बताउँछन् । फर्साईलो, मिलनसार, सबै उमेर समुहको प्रिय भरतबिशाल नेपाली साहित्य र संगीतको क्षेत्रमा गज्जबले जम्ने सपना बोक्थे । 
खासगरी गीत लेखनमा निख्खर भरतबिशालले आफ्ना गीतहरु क्रमशः श्रोता–दर्शकमाझ पस्काउने बाचा गर्थे । तर सो उधारो बाचा चुक्ता भएन ।  जब भरतको सपना अधुरै छँदा अकल्पनिय दुखद् अन्त्य भयो ।

४४ बर्षिय भरतबिशालले ४६ बर्षिया श्रीमतिलाई मट्टीमिलान गरेको १२ औं दिनमा श्रीमतीकै बाटो रोजे । नेपाली समाजमा रोज्जाभित्रै पर्ने स्वभाब र क्षमताका भरतबिशाल शोकमै रहेको अवस्थामा एक्कासी बिरामी परेका थिए । दिक्तेलमै बिरामी परेका उनलाई उपचारका लागि काठमाण्डौ लैजाँदै गर्दा बिहिबार बाटैमा मृत्यु भएको आफन्तले जनाएका छन् । 

२ छोरा र ३ छोरीका बावु भरतबिशालको मृत्युपछि परिवार, आफन्त, नरनाता सँगै जिल्लाबासी त शोकमा छ नै । सबैभन्दा बढी गीतकार भरतबिशालको दुखद् निधनमा सिर्जना जगत नै शोकमग्न बनेको छ । हार्दिक श्रद्दाञ्जली भरतबिशाल राईलाई ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post