sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङमा आवास पुर्ननिर्माण सम्वन्धी वडाध्यक्ष र सचिवलाई अभिमुखीकरण


खोटाङ माघ–८, खोटाङमा स्थानीय तहका वडाध्यक्ष र वडा सचिवका लागि आवास पुर्ननिर्माण तथा पुर्नस्थापना सम्वन्धी अभिमुखीकरण तथा अन्तरक्रिया सुरु गरिएको छ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त आवास पुर्ननिर्माण कार्यलाई छिटो र सहज बनाउनका लागि संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाई भूकम्पीय आवास पुर्ननिर्माण आयोजनाले जिल्लाका दुई नगर र आठ गाउँपालिकाका वडाध्यक्ष र सचिवका लागि आवश्यक अभिमुखीकरण तथा अन्तरक्रिया सुरु गरेको हो ।
आईतबार रुपाकोट मझुवागढी नगरपालिकाबाट सुरु भएको अभिमुखीकरण तथा अन्तरक्रिया केपिलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, रावाबेँसी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका हुँदै माघ २८ गते बराहपोखरी गाउँपालिकामा पुगेर टुंगिने बताईएको छ । 

अभिमुखिकरणमा आवास अनुदान वितरण प्रकृयाका बारेमा जानकारी गराईने संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाई भूकम्पीय आवास पुर्ननिर्माण आयोजनाका सामाजिक बिकास बिशेषज्ञ मौलिधन राईले बताउनुभयो । राईका अनुसार अभिमुखिकरण तथा अन्तरक्रियामा अवास पुर्ननिर्माणका नीतिगत अवधारणा, पुर्ननिर्माण सम्वन्धी भएका गुनासो सम्बोधन प्रक्रिया लगायतको बिषयमा समेत छलफल गरिन्छ । 

पुर्ननिर्माणमा स्थानीय तहको भूमीका लगायतका विषयमा जानकारी दिँदै पुनिर्माणका कामलाई तिब्रता प्रदान गर्न अभिमुखीकरण तथा अन्तरक्रिया सुरु गरिएको बताईएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post