sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » हलेसी मन्दिर तथा आसपासका चार पसलमा एकै साथ चोरी


खोटाङ  पुस–३०, प्रसिद्घ धार्मिक तथा पर्यटकीय स्थल खोटाङको हलेसी मन्दिर तथा मन्दिर परिसरको ४ पसलमा एकै साथ चोरी भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा जम्मा गरिएको केही भेटी रकम तथा आसपासका चार पसलमा शनिबार राती चोरी भएको हो ।
हलेसीस्थित पदम राई, चन्देश्वर चौधरी, हामस राई र कृष्ण कार्कीको पसलबाट ७५ हजार रुपैंयाँ बराबरको नगद तथा सामानका साथै मन्दिरको दान बाकसमा संकलित रकम चोरी भएको हलेसी बिकास समितिको कार्यकारी निर्देशक सम्बर भुजेलले बताउनुभयो । यता, हलेसी महादेवस्थान मन्दिरमा तीनदिन अगाडीबाट जम्मा गरिएको दानबाकसको भेटी चोरी भएको कार्यकारी निर्देशक भुजेलको भनाई छ ।
पदमको पसलबाट १५ हजार नगद १८ हजार बराबरको रिचार्ज कार्ड, चन्देश्वरको ५ हजार र नगद चोरी भएको जनाईएको छ । यस्तै, हामसको ३० हजार बराबरको ३ थान मोबाईल सेट र कृष्णको ४ हजार नगद चोरी भएको हो ।
राती अन्दाजी साँडे १२ बजेको समयमा चोरी भएको हुनसक्ने पीडितले अनुमान गरेका छन् ।  चोरीको आशंकामा प्रहरीले २ व्यक्तिलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी नायव निरीक्षक नारायणप्रसाद कोइरालाले बताउनुभयो ।
हिन्दु, बौद्घ तथा किरात धर्मावलम्बीको आस्थाको केन्द्र मानिने हलेसीमा संकलित भेटी लगायतका अमुल्य सम्पति संरक्षणका लागि छुट्टै सुरक्षा ब्यवस्था मिलाउने पहल भएको हलेसी बिकास समितिले जनाएको छ । पछिल्लो समय जयरामघाटमा पक्की पुल सञ्चालनमा आएसँगै हलेसीमा दर्शनार्थीको संख्या बढ्दै गएको छ । मानिसको बढ्दो उपस्थितीलाई ख्याल गर्दै सुरक्षा ब्यवस्था मजबुद बनाईनुपर्ने जिल्लाबासीको भनाई छ ।

सोही स्थानमा गत पुस १८ गते बेलुकी भएको आगलागीमा परी ४ घरपरिवारलाई गाँस न बास बनेका छन् भने अन्य ४ बढी घरमा पनि उल्लेख्य क्षति भएको थियो । आगलागीबाट सवा ५ करोडको क्षति भएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post