sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » हलेसीको जमिनमुनीबाट निकालियो प्रति सेकेन्ड २० लिटर पानी

खोटाङ पुस–३०, पानीको हाहाकार मच्चिने धार्मिक तथा पर्यटकीयस्थत हलेसीमा जमिन मुनीबाट पानी निकाल्न गरिएको डिप वोरिङ परीक्षण सफल भएको छ । सुख्खाग्रस्त क्षेत्र मानिएको त्रीधार्मिकस्थल हलेसीमा आईतबार केन्द्रबाट प्राविधिक टोली ल्याएर गरिएको डिप वोरिङ परीक्षण सफल भएको हो । 

हलेसीको बसाहा गुफादेखि केही तल्लो भागमा ड्रिलिङ मेसिन जडान गरेर गरिएको परीक्षणका क्रममा प्रति सेकेन्ड २० लिटर पानी निस्किएको एशियन ड्रिलिङ कम्पनीका निर्देशक रामशरण कार्की बताउनुभयो । सुख्खा क्षेत्र भए पनि ४० मिटर तल पुग्दा नै प्रर्याप्त पानी निस्किएको निर्देशक कार्कीको भनाई छ । सुख्खाग्रस्त क्षेत्र भएकाले करिब ७६ मिटर तलसम्म प्वाल पारेर प्रति सेकेन्ड १० लिटर मात्र पानी तान्ने योजनामा रहेको उहाँले जनाउनुभयो । 

गत वर्ष हलेसी र बोझेओढारमा गरिएको सम्भाव्यता अध्ययनपछि केन्द्रबाट प्राविधिक टोली ल्याएर परीक्षण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले जनाउनुभयो । डीपी वोरिङ योजनाबाट हलेसीबजारका करिब साँढे ३ सय घर परिवार लाभान्वित हुने अपेक्षा गरिएको छ । योेजना सञ्चालनमा आए पछि हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थीलाई समेत सहज जनाईएको छ ।

सुख्खाग्रस्त क्षेत्र हलेसीमा सुनकोसी नदीको पानी लिफ्ट गरेर बजार क्षेत्रमा तान्ने आयोजनाको काम समेत शुरु भएको छ । नदीको पानी तान्ने आयोजनासँगै विकल्पका डिप वोरिङ शुरु गरिएको खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय खोटाङका प्रमुख इन्जिनियर विजयकुमार ठाकुरले सुनाउनुभयो । 

हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको संगमस्थल मानिने हलेसीमा अहिले वर्षामा परेको पानी छानामा पाइप जडान गरेर संकलन गरेको र नदीबाट बोकेर ल्याएको पानी प्रयोग गरिँदै आइएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post