sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » एम्बुलेन्स सञ्चालनमा आएपछि हेलि चार्टर गर्नुपर्ने अवस्थामा कमी, भाडा दरमा एक रुपता

खोटाङ  पुस–२२,  खोटाङमा १० वटा एम्बुलेन्स सञ्चालनमा आएपछि बिरामीलाई उपचारको लागि जिल्ला बाहिर लैजान हेलि चार्टर गर्नुपर्ने अवस्थामा कमी आएको छ । जिल्लाका लागि खोटाङ सेवा समाज यूकेले प्रदान गरेको ७ तथा खोटाङ सेवा समाज कतारले प्रदान गरेका एक र ईन्डियन वेलफेर र रेडक्रस जिल्ला शाखाद्वारा सञ्चालन भएको एक–एक एम्बुलेन्स सञ्चालनमा आएपछि बिरामीको लागि हेलि चार्टर गर्नुपर्ने अवस्थामा कमी आएको हो ।
पर्याप्त संख्यामा एम्बुलेन्स सञ्चालनमा आएपछि बिरामीलाई काठ्माण्डौं लगायतको सुबिधा सम्पन्न अस्पतालमा लैजान करिब डेढ लाख खर्च गरेर हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्थामा कमी आएको खोटाङ यूके एम्बुलेन्स अनुगमन समितिका सचिब टंक थापाले बताउनुभयो । हेलिमार्फत बिरामीलाई जिल्ला बाहिर लैजाँदा बार्षिक रुपमा २२ लाख रुपैंयाँ बराबरको रकम खर्च हुँदै आएको थियो । पछिल्लो समय ग्रामिण भेगसम्म सडक मर्मत तथा बिस्तार हुँदै गएकोले एम्बुलेन्सले प्रभाबकारी ढंगबाट सेवा प्रवाह गर्न थालेको सञ्चालक सम्बद्घ ब्यक्तिहरुको भनाई छ ।
  यता, जिल्लामा सञ्चालित एम्बूलेन्सले फरक–फरक भाडा लिइरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालयको समन्वयमा भाडा दरमा एक रुपता ल्याईएको छ । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको एम्बूलेन्स सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले एम्बूलेन्सको भाडामा एक रुपता ल्याउने गरी भाडा निर्धारण गरेको हो ।
बैठकले आउन र जाने दुरी ५ किलोमिटरसम्म भए एक हजार, आउने र जाँदाको न्यूनतम दुरी १० किलोमिटर भए १५ सय, आउने र जाने न्यूनतम दुरी १५ किलोमिटर भए दुई हजार शुल्क लिन पाउनेगरी भाडा निर्धारण गरेको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो । यस्तै, आउदा र जाँदाको दुरी १५ किलोमिटर भन्दा बढि जतिसुकै दुरीको भए पनि कच्ची सडकको प्रतिकिलोमिटर ६० र पक्की सडकको प्रतिकिलोमिटर ३० रुपैयाँ लिन पाउने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post