sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » ७० आईडलको घमासन भिडन्त (क–कस्को गला भिड्दैछन् ?)


खोटाङ माघ–६, खोटाङमा जारी सांगीतिक महाभिडन्तले चरम उत्कर्ष लिन थालेको छ । ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने नारा लिएर शुरु गरिएको जिल्लाब्यापी गायन प्रतियोगिताको तेश्रो चरण प्रबेशसँगै जिल्लामा संगीतिक रौनकले उत्कर्ष लिएको हो ।


जिल्लाको सबै स्थानीय तहमा लुकेर रहेका गायन प्रतिभाको खोजी तथा उजागार गर्ने उदेश्यसहित परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीले आयोजना गरेको प्रतियोगिताको छनौट चरण, पहिलो चरण र दोश्रो चरणको अडिसन सम्पन्न भईसकेको छ । 

जिल्लाका हरेक पालिकामा गरिएको छनौट चरणमा सयौं प्रतिस्पर्धी सहभागी बनेको प्रतियोगिताको पहिलो र दोश्रो चरणबाट ७० प्रतिभा तेश्रो अर्थात मल्टी राउण्ड अडिसन प्रबेश गरेका छन् । 

आगामी सोमबार जिल्ला समन्वय समितिको समीक्षालयहलमा हुने मल्टिराउण्ड अडिसनमा निख्खारिएको प्रस्तुतिका साथ प्रतिस्पर्धीहरु मञ्चमा उत्रने आँकलन गरिएको छ । प्रतियोगिताको ७० मध्ये ४० जना बाहिरिने र ३० जनाको उपाधी चुम्ने  अवसर प्रदानको छिनोफानो सोही मञ्चले गर्ने आयोजकले जनाएका छन् ।

प्रतिब्यक्ति २५ रुपैंयाँ टिकटदर राखिएको उक्त अडिसनका लागि लोकदोहरी गायक अधिराम राई, अटल राई र भक्त बिश्वकर्मा निर्णायकमा रहने आयोजकले जनाएको छ । कार्यक्रमलाई मर्यादित तथा ब्यवस्थित बनाउन शुल्कको ब्यवस्था गरिएको प्रतियोगिताको संयोजक जीवनके राईको भनाई छ ।
उक्त मल्टिराउण्डबाट छनौटमा परेका ३० जनालाई अर्को चरणको छनौटबाट १५ जनामा सिमित गरी भोटिङ सिष्टम शुरु गरिने जनाईएको छ । दर्शकको भोटिङको आधारमा १५ जनामध्येबाट १० जना र १० जनाबाट ५ जनामा सिमित गर्दै फाईनल चरणमा खोटाङ आईडलको पहिलो, दोश्रो, तेश्रो र वेष्ट भोकलिष्ट छानिएसँगै खोटाङ आईडलको पहिलो संस्करण समापन हुनेछ ।

विजेता मध्ये प्रथमे ५४ हजार ५ सय ७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५ सय ७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्रोले १० हजार ५ सय ७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । यस्तै, वेष्ट भोकलिष्टले २ हजार ५ सय ७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।

यी हुन् भिडन्तका लागि तयार प्रतिभा

निशान परियार रतन्छा, सुजता परियार रतन्छा, संगम राई दोर्पा, प्रबृत्ति राई बतासे, पबन परियार छोरम्बु, देबन सुप्तिहाङ, रुपेश राई जन्तेढुगा गाउँपालिका, दिपा राई, अजय राई सिम्पानी, सोम मगर बरापोखरी, बर्षा राई, बिना राई रुमनपा, ईजु राई, जोन राई बास्पानी, निरज राई जालपा, सन्तोष राई, सुमन राई खार्ताम्छा, माने तामाङ बाक्सिला, रामचन्द्र परियार, कञ्चन राई वाकाचोल, ईशारा चेली राई, सबिन सुन्दास कुभिण्डे, मोहन राई अर्खौले, शम्भु राई हलेसी, प्रदिप राई, आयन राई नेर्पा, अनुका राई पाथेका, आयुष राई दिक्तेल, उमेश राई खार्मी, तेज राई दिक्तेल, अमिता राई लफ्याङ, केदार अनुरागी खार्मी, सिर्जना राई खाल्ले ।

दिल्साङ जिम्बा छितापोखरी, मिलन गुरुङ, विरेन गुरुङ नेर्पा, निशा राई दोर्पा, ललिता तामाङ, पर्शुराम गजमेर खार्मी, जितेन्द्र राई, स्मिता राई पाथेका, रोहित चाम्लिङ छोरम्बु, रोशन लिङदेन युवराज राई नुनथला, सन्देश राई दोर्पा, ललितजंग राई राजापानी, प्रिती राई बुईपा, अरुणा राई खाल्ले, रमेश भुजेल राजापानी, गौरब आले हलेसी, नविन राई बुईपा, सञ्जिव मगर हौचुर, अग्नि राई छोरम्बु, कौरब राई भोजपुर, राजन गिरी, सविना शाक्य बुईपा, सन्दशे राई रुमनपा, देबेन्द्र रोका निर्मलीडाडाँ, सुुजन राई खिदिमा, शुक्र राई काहुले, शुसन राई बतासे, दिनेश राई चिसापानी, रुविना राई बराहपोखरी, रोमन राई बाक्सिला, सविना राई जलेश्वरी, युगेन दुमी राखावाङदेल, भरत मगर खार्पा, शुष्मा राई दुर्छिम, सोनु राई बुईपा र रविन बिश्वकर्मा मात्तिम ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post