sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » ‘सिप सिक्नेले मात्र ऋण पाउने’

सन्तोषकुमार राई/खोटाङ
पुस–२३, ‘बैदेशिक रोजगार, सबैको सरोकार !’ बनेको छ नेपालीका लागि । प्रत्येक घरपरिवारका कोहि न कोहि सदस्य वा आफन्त वैदेशिक रोजगारमा गएकै हुन्छन् ।  आफु नगए पनि जाने वा जाने तयारी गर्नेमा साथिभाई त पर्छन् पर्छन् । 

अतः सबैलाई बैदेशिक रोजगार सम्बन्धि जानकारी हुनुपर्ने अवश्यकतालाई मध्येनजर गर्दै खोटाङबाट बैदेशिक रोजगारीमा गएका देखि सम्भाबित आप्रवासीका लागि समेत बैदेशिक रोजगार सुरक्षित, मर्यादित, भरपर्दाे तथा उपलब्धिमुलक रहोस् भन्ने उदेश्यले टोल बस्ती स्तरमा समुदाय अभिमुखिकरण कार्यक्रम सञ्चालन हुँदै आएको छ । 

हेल्भेटास स्वीस ईन्टरकोअपरेशन नेपालको साझेदरीमा नब किरण सेवा समाज नेपालद्वारा सञ्चलित सुरक्षित आप्रवशन परियोजना (सामी)ले समुदाय अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्दै समुदाय तथा बस्ती स्तरमा,आप्रवासीहरुको परिवार,सम्भाबित आप्रवासी लगायत सरोकारवालहरुलाई वैदेशिक रोजगार सम्बन्धि जानकारी गराउँदै आएको छ । 

हालै मात्र जिल्लाको रुपकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ्ग नगरपालिकामा  फरक फरक वडाहरुको १६ स्थानमा वैदेशिक रोजगार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन भएको छ ।  ३ सय ४६ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा सामी परियोजनाले दिने निशुल्क सेवा सुबिधाहरुको बारेमा जानकारी गराउनका साथै बैदेशिक रोजगारमा जाँदा सिप तालिम र कागजपत्रको महत्वको बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा बैदेशिक रोजगार सम्बन्धि बिभिन्न समस्या र समाधानका उपाय, बैदेशिक रोजगारमा जादा अपनाउनु पर्ने प्रक्रिया लगायतका बारेमा छलफल भएको थियो ।

अभिमुखिकरण सँगै सामाजिक नक्साको माध्यमबाट सुरक्षित वैदेशिक रोजगार टोल बनाउने अभियानको समेत थालनी भएको छ । सामाजिक नक्सामा बिदेश गएको घर, जान लागेकाको घर , सिप सिकेर गएको घर, करार अवधि भन्दा बढि बसेको, भागेर बसेको घर आदिलाई पहिचान गरी संकेत गरिन्छ । नक्सामा कागजपत्रको फोटोकपी नभएकोहरु , करार अवधि भन्दा बढि बसेको र भागेर बसेकोहरु असुरक्षित वा खतरा भएको आदिलाई नक्सामा खतराको संकेतबाट देखाईन्छ । 

आफ्नो घरलाई खतराको संकेतबाट हटाउन कागजपत्रको प्रतिलिपि नभएकोहरुले कागजपत्रहरु मगाउने, कराअविध भन्दा बढी र भागेर काम गर्न नहुने जस्ताको कुराको महसुस सहभागीहरुलाई नक्साको माध्यमबाट गराउने गरिएको छ । 

उक्त कार्यक्रममा सभभागी बन्नेहरुले आफुलाई र आफ्नो छरछिमेकीलाई अति काम लाग्ने बिषयमा जानकारी भएको बताउँछन् । गाउँका ८ जना युवालाई बिदेश जानका लागि ऋण खोजिदिने निर्मलीडाडाँ पेलुङ्गका सहभागी शेरबहादुर कटुवाल भन्नुहुन्छ– ‘कसैले पनि ऋण तिर्न सकेका छैनन् ।’ कार्यक्रममा सहभागी बनेर महत्वपूर्ण कुरा बुझ्न पाएकोमा दंग पर्दै थप्नुहुन्छ–‘ आजबाट पो थाहा भयो काम नसिकी लेबरमा जानेको भन्दा सिप सिकेर वा काम जानेकाको कमाई धेरै हुनेरहेछ ।’ 

बिचार नगरी ऋण काढिदिएकोमा शेरबहादुरलाई थकथक लागेको छ । ‘मैले पैसा लगाई दिएको सबै केटाहरु सीप बिना लेबर काममा गएका छन् अनि कसरी कमाओस् त पैसा ?’  आफुले पनि ऋण खोजेरै पैसा लगाईदिएको बताउने शेरबहादुर साहुको लागि बिजमानि भएकोमा दुखिद् हुनुहुन्छ । 
 ‘अब देखि बिदेश जानेहरुलाई पैसा लगाई दिनु परे पनि  सिप वा काम जानेकाहरुलाई त्यो पनि प्रमाण पत्र भएको छ भने मात्र खोजि दिन्छु ।’ 

यस्तै, छोरा कतारमा हुने शिक्षक तथा अभिभावक कृष्ण केसीले पनि कागजपत्रको महत्वको बारेमा जानकारी पाएकोले फाईदा भएको बताउनुभयो । कागजपत्रको कुनै प्रतिलिपि नछाडि कतार गएको छोराबाट कागजपत्रको प्रतिलिपि मगाउने केसीको तयारी छ । 

 विदेशमा कुनै समस्या भएमा सहयोग तथा क्षेतिपूर्ति पाउनको त्यही कागजपत्रहरु चाहिँदो रहेछ  अनि बिदेशमा गएर राम्रो कमाई गर्न सिप नै चाहिँदो रहेछ भन्ने कुराको चेतना भएको स्थानीय सहभागी सुनाउँछन् । 
हालसम्मको अवस्थालाई हेर्दा सिप सिकेर जाने तुलनामा बिना सिप बिदेश जानेहरुको कमाई काम भएको पाईएको छ ।त्यसैले सामी परियोजनाले बिदेश जाने निर्णय गरेकाहरुलाई निशुल्क सिप दिने ब्यास्था गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post