sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » खोटाङको अग्नी पीडितलाई साउदीबाट सहयोग

खोटाङ  माघ–१६, आगलागीमा परी बिचल्नीमा परेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका मित्रमान राईको परिवारलाई साउदी अरबबाट आर्थिक सहयोग प्राप्त भएको छ । गत मंसिर २८ गते भएको आगलागीमा परी बिचल्नीमा परेका राई परिवारलाई साउदीस्थित माओवादी केन्द्र निकट प्रवासी संगठन नेपाली जनप्रगतिशिल मञ्चले ३० हजार ९ सय २३ रुपैयाँ आर्थिक सहयोग गरेको हो । 

संगठनमा आवद्ध युवराज कटुवाल, भक्त कार्की र हरि बुढाथोकीको पहलमा साउदीमा संकलन गरिएको रकम सोमबार माओबादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती १ नम्बर प्रदेश संयोजक गणेश कार्कीले मित्रमानकी श्रीमती सरिता राईलाई हस्तान्तरण गर्नु भएको हो । 

अग्नी पीडितलाई यसअघि हङकङ, मलेसिया, काठ्माण्डौं लगायतका स्थानमा सञ्चालन गरिएको ८१ हजार ६० रुपैयाँ प्रदान गरिएको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post