sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » नेशनल लाईफ इन्स्योरेन्सद्वारा मृतक परिवारलाई रकम प्रदान

खोटाङ पुस–२१, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय खोटाङ दिक्तेलले मृतक परिवारलाई बिमा रकम प्रदान गरेको छ । घरायसी विवादका कारण रुपाकोट मझुवागढी नगरपालिका ६ नेर्पाका श्री राजकुमार राईको खुकुरी प्रहारबाट मृत्यु भएको बीमित ४२ बर्षिया श्रीमती राजमाया राईको छोरी सुश्री पूर्णिमा राईलाई कम्पनिका शाखा कार्यालय प्रमुख श्री नविन श्रेष्ठले मृत्यु दावी बापतको १ लाख ४८ हजार ५ सय ४० रुपैंयाँको चेक हस्तान्तरण गरेको हो । 
मृतक राईले मिति २०७२ सालदेखि जीवन बीमा अभिकर्ता सुश्री बन्दना राई मार्फत बीमाङ्क रकम रु ७० हजारको वार्षिक किस्ता बापत ६ हजार १ सय १० का दरले हाल सम्म दोस्रो किस्ता बापतको रकम जम्मा गरी सकेकी थिइन् । सरकारले पछिल्लो समय मृत्यु दाबी रकममा असुल गर्दै आएको कर मिनाहा गरेपछि सतप्रतिशत रकम मृतकको परिवारलाई हस्तान्तरण गरिएको छ । यस कम्पनीको खोटाङ शाखा कार्यालय अन्तर्गत अन्य मृतक बीमितको परिवारलाई पनि मृत्यु दावी रकम प्रदान गर्दै आएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post