sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » ८ बर्षिया बालिकाको हत्यापछि बालुवामा गाडेको १६ बर्षिय युवाको स्विकार

खोटाङ माघ–१२, माघ–१२, बालुवामा गाडिएको अवस्थामा शब फेला परेको खोटाङका ८ बर्षिया बालिकाको हत्या आफ्नै दाजु पर्ने युवाले गरेको स्विकार गरेका छन् । रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका निवासी नौमणी राईकी छोरी लुमणी राईको हत्या गरी बालुवामा गाडेको सोही स्थानका १६ बर्षिय जीउधन राईले स्विकार गरेको प्रहरीले जनाएका छन् ।

बुधबार दिउसो करिब १२ बजेबाट हराएकी बालिकाको खोजी गर्ने क्रममा हत्या गरेर घर नजिकैको खोलाको बगरमा गाडिएको अवस्थामा शब फेला परेको थियो । हत्याको आशंकामा अनुसन्धानका लागि नियन्त्रणमा लिएको जीउधनले सोधपुछका क्रममा उक्त कुरा स्विकार गरेको प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो ।

के कारणले बालिकाको हत्या गरिएको हो भन्ने बारे अझै बुझ्न बाँकी रहेकोले घटनाको बिस्तृत जानकारी आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक थापाको भनाई छ । पक्राउ परेका जीउधन र मारिएकी लुमणी काका–बडाबाउको छोराछोरी हुन् ।
\
स्थानीयले भने, जीउधनले बालिकालाई बलात्कारपछि हत्या गरेर लुकाउनका लागि खोलाको बगरमा गाडेको हुन सक्ने अनुमान गरेका छन् ।
बालिका राईको शव चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा घटना भएकै रात फेला पारिएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post