sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » यौन दुव्र्यबहार आरोपमा खोटाङका दुई जना पक्राउ

खोटाङ पुस–२२, यौन दुव्र्यबहार आरोपमा खोटाङस्थित जन्तेढुंगा गाउँपालिका–२ बोपुङका नेपालतारा राई र ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका  खेमराज वन पक्राउ परेका छन् । पक्राउ पर्ने मध्येका राईमाथि शुक्रबार युवतीमाथि जवरजस्ती गरेको अभियोग छ ।
 युवतीको मौखिक उजुरीका आधारमा शुक्रबार नै पक्राउ परेका आरोपितलाई जिल्ला प्रहरी कार्यालय दिक्तेल ल्याईएको प्रहरीले जनाएको छ । सहमतीमै सम्पर्क भएको भन्ने आएकाले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो । सुरुमा बलात्कार आरोप लगाएका युवतीले पछिल्लो समय बयान फेरेको प्रहरीले बताएको छ । युवतीको आफन्तले आपत्तीजनक अवस्थामा देखेपछि घटना बाहिरिएको श्रोतले बताएको छ । 
यस्तै, २९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा वन पक्राउ परेका हुन् । पुस १७ गते राती कोठामा सुतिरहेकी युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा वनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । 
पक्राउ परेका वनलाई आईतबार सदरमुकाम जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान थालिएको छ । वनले बलात्कार प्रयास गरेपछि पीडित युवतीको पुस १८ गते इलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा उजुरी परेको थियो । 
वन पक्राउ परेपछि पीडित पक्षसमेत सदरमुकाम दिक्तेल आइसकेका छन् । उजुरीको आधारमा मुद्दा दर्ता गरेर कारबाही थालिने डिएसपी थापाको भनाई छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post