sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » नेपाल आईडलका उल्सनले सरस्वती माबिमा गरे सरस्वती पुजा


खोटाङ माघ–८, सर्बाधिक चर्चामा रहेको रियालिटी शो नेपाल आईडलमा सहभागी एक प्रतिभाको कारण खोटाङले गर्ब गरेको छ । अझै चर्चा नसेलाएको उक्त प्रतियोगितामा जिल्लाकै  प्रतिनिधिको रुपमा धमकेदार प्रस्तुती दिने उनै प्रतिभा हुन् रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारका युवा गायक उल्सन श्रेष्ठ ।



नेपाल आईडलका उपाधीमाथि धावा बोल्दै उत्कृष्ट आठसम्म जम्न सफल गायक उल्सन आईतबार सरस्वती पूजा गर्न आफ्नै आँगनमा रहेको खोटाङको दिक्तेलबजार स्थित सरस्वती माबिमा आईपुगेका छन् । बसन्त पञ्चमीको अवसरमा बिद्यालयले आयोजना गरेको अक्षराम्भ तथा सरस्वती पूजा समारोहमा एक्कासी देखा परेका गायक उल्सनले एक दिन अघि मात्र जिल्ला आएको बताए । 

देशबिदेशको अत्याधिक मायाँ पाउन सफल रकस्टार उल्सनलाई नेपाल आईडलको उपाधी चुमाउन जिल्लामा ‘उल्सन जिताउ’ अभियान समेत सञ्चालन गरिएको थियो । 


जिल्लाको दुर्भाग्य अन्तत: भोटिङकै आधारमा उल्सन आठौं स्थानबाट नेपाल आईडलको मञ्च छाड्न बाध्य बनेका थिए । 

दिक्तेलबजारमै घरपरिवार रहेको उल्सन चाँडै काठमाण्डौं फर्कने जनाउँछन् ।






यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post