sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » अस्थायी टहरामा बसिरहेका हलेसीका अग्निपीडितका लागि नेपाली सेना र सैनिक श्रीमती संघको राहत

खोटाङ–१२, खोटाङको हलेसीका अग्निपीडितलाई नेपाली सेना तथा सैनिक श्रीमती संघले शुक्रबार राहत उपलब्ध गराएको छ । गत पुस १८ गते राति भएको आगलागीबाट पूर्ण रुपमा घर क्षति तथा बन्दोबस्तीका सम्पूर्ण सामग्री गुमाएका चार घर परिवारलाई जस्तापाता, हरियो मण्डी, पोलार ब्लाङ्केट, पि. फम, चामल, दाल, खाने तेल, नुन, चिनी, सोयाविन, चाउचाउ, ग्लुकोज बिस्कुट र जीवनजल उपलब्ध गराएको हो । 

नेपाली सेनाका १८ नम्बर बाहिनीपति सहायक रथी भरतप्रसाद पाठक र सैनिक श्रीमती संघकी सदस्य सावित्री पाठकको उपस्थितिमा पीडितलाई राहत सामग्री उपलब्ध गराइएको शेर गण मुडे ब्यारेकका गणपति प्रमुख सेनानी डम्बरबहादुर आलेमगरले बताउनुभयो । आगलागीमा घर सहित सर्वस्व गुमाएका मगम राई, उचितबहादुर राई, तम्बराज राई, र अम्बराज राईलाई राहत सामगी उपलब्ध गराइएको हो । 
खाना पकाउने ग्याँस सिलिन्डरबाट शुरु भएको आगोले हलेसीमा १३ घरको पाँच करोड ११ लाख १५ हजार बराबरको क्षति भएको थियो । 

हिन्दु, बौद्ध र किरात धर्मालम्बीको संगमस्थल मानिने हलेसीमा आगलागी भएको दश दिनपछि रक्षामन्त्री भीमसेनदास प्रधान आफै आगलागीको घटना निरीक्षण गर्न हलेसी आउनुभएको थियो । 
रक्षामन्त्री प्रधानले घटनास्थलबाटै सेनाका उच्च अधिकारीलाई फोन गरेर आवश्यक सहयोगका लागि पहल गर्न आग्रह गर्नुभएको थियो । पीडितसँगको भेटघाटका क्रममा रक्षामन्त्री प्रधानले क्याबिनेटमा कुरा राखेर आवश्यक सहयोगका लागि निर्णय गराउने आश्वासन दिनुभएको थियो । 
अग्निपीडित परिवार शेरगण मुढे ब्यारेकका नेपाली सेना र सशस्त्र प्रहरी बल हलेसी गुल्मका सशस्त्र प्रहरीले बनाइ दिएको अस्थायी टहरामा बसिरहेका छन् ।



यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post