sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » फेसबुक ग्रुप च्याटबाट संकलित रकम अग्नी पीडितलाई

खोटाङ माघ–६, खोटाङस्थित हलेसीका आगलागी पिडितलाई फेसबुक ग्रुप च्याटका माध्यमबाट संकलन गरिएको राहत रकम प्रदान गरिएको छ । गत पुस १८ गते भएको आगलागीमा घर सहित सर्वस्व गुमाएपछि टहरामा कष्टपूर्ण दिन विताइरहेका हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदीस दासलाई राहत प्रदान गरिएको हो । 

घटना लगत्तै स्थानीय जनज्योती क्लब र जनकल्याणकारी सेवा समाजले सञ्चालन गरेको ‘घर सल्लाह फेसबुक ग्रुप च्याट’मार्फत देशबिदेशबाट संकलन भएको २ लाख ६७ हजार ४ सय १३ रुपैयाँ शुक्रबार पीडितलाई प्रदान गरिएको हो ।

संकलित रकममध्ये मगम, उचितबहादुर, अम्बराज र तम्बराजलाई जनही ६० हजार र मगमको एक घर भाडामा लिएर व्यवसाय गर्दैआएका जगदीसलाई २७ हजार ४ सय १३ रुपैयाँका दरले वितरण गरिएको शिक्षक नबिन चाम्लिङले जानकारी दिनुभयो । 

धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारका व्यवसायी मगमको घरबाट सुरु भएको आगोले चार व्यवसायीका पाँच घर लगायत जल्दा ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post