sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » गायिका सत्यकला र साहित्यकार ईश्वरलाई कला प्रतिभा पुरस्कार

खोटाङ पुस–२७, चर्चित गायिका सत्यकला राई र साहित्यकार ईश्वर चाम्लिङलाई रावासावा प्रतिभा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।  रावासावा प्राज्ञिक समाज नेपालले कला र साहित्यतर्फ योगदान पु¥याएको भन्दै खोटाङका प्रतिभाद्वय गायिका राई र कबि तथा गीतकार चाम्लिङलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन् । 
समाजले हरेक दुई वर्षमा साहित्य, कला, शिक्षा, संस्कृति, समाजसेवा लगायतका क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान एबं कला र साहित्यतर्फ योगदान पु¥याउने दुई प्रतिभालाई पुरस्कृत गर्दै आएको छ । रावासावा प्राज्ञिक समाजले यस वर्ष गायिका सत्यकलालाई रावासावा कला प्रतिभा पुरस्कार र कबि तथा गीतकार ईश्वरलाई रावासावा साहित्य प्रतिभा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको बिहिबार बिज्ञप्तीमार्फत जनाएका हुन् । 
जनही १० हजार राशीको पुरस्कार र ताम्रापत्र आगामी फागुन तेश्रो साता राजधानी काठमाण्डौंमा बिशेष कार्यक्रम गरेर प्रदान गर्ने तयारी गरिएको बिज्ञप्तीमा उल्लेख छ । 
प्रतिभा पुरस्कार वितरणकै अवशरमा यस वर्ष साहित्यकार मदन राई ‘लामाखुले’लाई रावासावा साहित्य सम्मान, पुर्वशिक्षक लक्ष्मीदास राजभण्डारी ‘सुमन’लाई रावासावा शिक्षा सम्मान, कलाकार लक्ष्मी गिरीलाई रावासावा कला सम्मान र समाजसेवी मनिकुमार राईलाई रावासावा समाज सेवा सम्मान प्रदान गरिने समाजका अध्यक्ष प्राज्ञ शान्तीराम राईले बताउनुभयो । समाजको बुधबार बसेको बैठकले पुरस्कृत र सम्मानितको नाम टुंगो लगाएको हो । सत्यकला सयौं गीतहरु मार्फत चर्चामा आउन सफल गायिका हुन् भने ईश्वर युकेमा कार्यरत रहेर पनि जिल्लाका बिकास तथा समृद्घिका लागि निरन्तर खट्ने  बहुप्रतिभायुक्त समाजसेवी समेत हुनुहुन्छ । 
समाजले यसअघि साहित्यकार हिराधन राई, कबि तथा गीतकार बीरेन्द्र राई र साहित्यकार रामबिक्रम थापालाई प्रतिभा पुरस्कार एबं साहित्यकार दाहाल यज्ञनिधि, डा. बिष्णु राई, शिक्षासेबी माणिकलाल प्रधान, भक्त राजभण्डारी, जानुका राई, कृषिमा योगदान पु¥याउने पर्खनबहादुर राई, समाजसेबी देवराज ढकाल, प्राज्ञ शान्तिराम राई, ज्ञानेन्द्र बिबस, सगरमाथा आरोही हरि ढकाल र ज्ञानेन्द्र श्रेष्ठ लगायतका खोटाङ्गेलाई सम्मान प्रदान गरिसकेको छ । 
काठ्माण्डौंमा बसिरहेका खोटाङ्गे लेखक, कलाकार लगायतले २०६५ सालमा स्थापना गरेको रावासावा प्राज्ञिक समाजले देशबिदेशमा रहेका र जिल्लामै बसेर बिभिन्न क्षेत्रमा योगदान पु¥याइरहेका खोटाङ्गेलाई जोड्ने पुलको रुपमा काम गर्दै आएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post